६ असार २०८३, शनिबार
,
Latest
आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीका ५६ थान मोबाइल र नगद सहित तीन जना पक्राउ



अ+ अ-

भक्तपुर । भक्तपुर महानगरीय प्रहरी वृत्त जगातीले चोरीका ५६ थान मोबाइल र नगद रु ६२ हजार ७४४ सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ६ खरिपाटी बस्ने २२ वर्षिय राम कुमार लामिछाने, सर्लाही जिल्ला मलंगवा नगरपालिका वडा नं ४ घर भई हाल काठमाडौं गैरीगाउँ बस्ने २३ वर्षीय रञ्जित कुमार पण्डित र भारत नयाँ दिल्ली घर भई कामनपा ५ बालकुमारीमा फ्याल्ट भाडामा लिइ बस्ने ३३वर्षीय सत्य प्रकाश रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका मोबाइल सेट ५६ थान, ब्याट्री १८ थान, भारु ४८४०, नेरु ६२७४४ र नक्कली बील प्याड बरामद गरेको वृत्तका प्रमुख डिएसपी चक्रराज जोशीले जानकारी दिए ।

उनीहरुले प्रयोग गर्दै आएको भ डी एल १ सि जेट ४५५३ नं भारतीय सवारी साधन समेत नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।