४ पुष २०८२, शुक्रबार
,
Latest
निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको बारेमा नराम्रो धेरै सुने पनि क्रिकेट खेलको दौरान धेरै सम्मान पाएका थियौं: प्रधानमन्त्री खान



अ+ अ-

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा आफूले निकै सम्मान पाएको बताएका छन् । भारत र पाकिस्तानबीच कश्मीर क्षेत्रलाई लिएर बढ्दो तनावबीच पाकिस्तानी प्रधानमन्त्रीले भारतसँगको आफ्नो सम्बन्ध र अनुभव स्मरण गरेका हुन् ।

लाहोलमा सोमबार अन्तर्राष्ट्रिय शिख सम्मेलनलाई सम्बोधन गर्दै इमरानले आफ्नो क्रिकेट जीवनका क्रममा भारत भ्रमण गर्दाको स्मरणसमेत गरे । ‘जब म पहिलो पटक क्रिकेट खेल्न भारत गएँ, मैले बेग्लै अनुभूति गरेँ । त्यहाँ हामीलाई ठूलो ईज्जत गरियो, माया पायौं । यो देखेर हामी आफैं चकित भयौं, किनकि हामीले यति धेरै घृणा, डरलाग्दा कुरा भारतको बारेमा सुन्दै आएका थियौं ।’

पाकिस्तानी प्रधानमन्त्रीले कश्मीर मुद्दालाई पनि छलफलबाट समाधान गर्न सकिनेतर्फ आफूले विश्वास राखेको स्मरण गरे । ‘कश्मीरबारे छलफलबाट समस्या समाधान गर्न सकिन्थ्यो तर भारतले सधैं शर्तमात्र राख्दै आयो,’ उनले भने ।

उनले युद्धबाट समस्या समाधान नहुने पनि प्रष्ट पारे । युद्धले एउटा मुद्दा समाधान गर्न खोज्दा अन्य कयौं मुद्दा सिर्जना हुने उनको भनाइ थियो ।