६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको बारेमा नराम्रो धेरै सुने पनि क्रिकेट खेलको दौरान धेरै सम्मान पाएका थियौं: प्रधानमन्त्री खान



अ+ अ-

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा आफूले निकै सम्मान पाएको बताएका छन् । भारत र पाकिस्तानबीच कश्मीर क्षेत्रलाई लिएर बढ्दो तनावबीच पाकिस्तानी प्रधानमन्त्रीले भारतसँगको आफ्नो सम्बन्ध र अनुभव स्मरण गरेका हुन् ।

लाहोलमा सोमबार अन्तर्राष्ट्रिय शिख सम्मेलनलाई सम्बोधन गर्दै इमरानले आफ्नो क्रिकेट जीवनका क्रममा भारत भ्रमण गर्दाको स्मरणसमेत गरे । ‘जब म पहिलो पटक क्रिकेट खेल्न भारत गएँ, मैले बेग्लै अनुभूति गरेँ । त्यहाँ हामीलाई ठूलो ईज्जत गरियो, माया पायौं । यो देखेर हामी आफैं चकित भयौं, किनकि हामीले यति धेरै घृणा, डरलाग्दा कुरा भारतको बारेमा सुन्दै आएका थियौं ।’

पाकिस्तानी प्रधानमन्त्रीले कश्मीर मुद्दालाई पनि छलफलबाट समाधान गर्न सकिनेतर्फ आफूले विश्वास राखेको स्मरण गरे । ‘कश्मीरबारे छलफलबाट समस्या समाधान गर्न सकिन्थ्यो तर भारतले सधैं शर्तमात्र राख्दै आयो,’ उनले भने ।

उनले युद्धबाट समस्या समाधान नहुने पनि प्रष्ट पारे । युद्धले एउटा मुद्दा समाधान गर्न खोज्दा अन्य कयौं मुद्दा सिर्जना हुने उनको भनाइ थियो ।