४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिहीन दलितलाई शहरमा चार आना, गाउँमा दश आनासम्म घडेरी दिने



अ+ अ-

काठमाडौं । सरकारले देशभरका भूमिहीन दलित परिवारलाई एक पटकका लागि जमिन उपलब्ध गराउने गरी भूमिसम्बन्धी नियममा संशोधन गरेको छ ।

मन्त्रिपरिषदको बैठकबाट पारित सत्रौं संशोधनले संविधानको धारा ४० कार्यन्वयन गर्न विपन्न भूमिहीन दलित परिवारलाई जमिन दिइने लागिएको हो । जसअनुसार महानगर र उपमहानगरपालिका क्षेत्रमा बसोबास गर्ने भूमिहीन दलितलाई ४ आना जग्गा उपलब्ध हुनेछ ।

त्यस्तै तराई क्षेत्रका जिल्ला सदरमुकाम रहेका गाउँपालिका वा नगरपालिका क्षेत्रमा चार आना अर्थात १३० वर्ग मिटर र अन्य क्षेत्रमा ६ आना अर्थात १९० वर्ग मिटर जग्गा विपन्न दलितले पाउनेछन् ।

सरकारले पहाडी जिल्लाको हकमा जिल्ला सदरमुकाम रहेका गाउँपालिका वा नगरपालिका क्षेत्रमा बस्ने भूमिहीन दलितलाई १४५ वर्गमिटर अर्थात साढे चार आना जग्गा उपलब्ध गराउने नीति बनाएको छ । यस्तै सदमुकाम बाहिरकालाई ९ आना जग्गा उपलब्ध हुनेछ ।

हिमाली क्षेत्रका जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिका क्षेत्रमा ५ आना र अन्य क्षेत्रमा १० आना जग्गा भूमिहीन दलितलाई बसोबास प्रयोजनका लागि उनीहरुकै नाममा पास गर्ने गरी मन्त्रिपरिषदले भूमि व्यवस्था तथा गरिवी निवारण तथा सहकारी मन्त्रालयलाई जिम्मा दिइसकेको छ ।