६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अस्पतालमै मिर्गौलाको कालो धन्दा

अस्पतालमै मिर्गौलाको कालो धन्दा
अ+ अ-
Young girl holding grandma’s hand in hospital

काठमाडौं । निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कै व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गराएको तथ्य फेला परेको छ। ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पुकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगले गत साउन अन्तिम साता रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन) को मिर्गौला प्रत्यारोपण गरेको फेला परेको हो। श्रेष्ठ मिर्गौला प्रत्यारोपणमा श्रेष्ठ कुशल र अनुभवी चिकित्सक मानिन्छन्।

डा.श्रेष्ठले हजारौं मिर्गौलाका बिरामीको उपचार गरिसकेका छन्। श्रेष्ठकै नेतृत्वमा गैरकानुनी ढंगले मिर्गौला निकालेर र प्रत्यारोपण गरिएको छ। गैरकानुनी तरिकाले मिर्गौला प्रत्यारोपण गर्न निदान अस्पताल स्वयं चर्को आर्थिक प्रलोभनमा परेको हुन सक्ने फरकफरक स्रोतहरूले बताएका छन्।

योञ्जनलाई मिर्गौला दिन उनका भान्जा सञ्जीव घिसिङ तयार पारिए पनि मिर्गौला तस्कर र निदान अस्पतालका केही चिकित्सकको मिलेमतोमा परिवारभन्दा बाहिरका अर्कै व्यक्तिको मिर्गौला झिकिएको थियो। नातेदारभन्दा बाहिरका व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्नु गैरकानुनी हो। गैरकानुनी ढंगले झिकिएको मिर्गौला डा. श्रेष्ठको टोलीले योञ्जनको शरीरमा प्रत्यारोपण गरेको थियो।

अस्पतालले घटना गुपचुप पार्न खोजिरहेको ती बिरामीको भनाइ छ। निदानमा भेटिएका मिर्गौलाका बिरामीले अस्पताल प्रशासनले सत्यतथ्य बाहिर नल्याए प्रशासन गुहार्ने तयारी गरेका छन्। अस्पतालका कर्मचारीले समेत यो घटना छानबिन गर्न माग गरेका छन्।

दोरम्बा गाउँपालिकाले गत असार २० गते स्थानीय बासिन्दा शंकरलाल लामा ९योञ्जन० को मिर्गौला प्रत्यारोपण गर्न उनका नातेदारको नाता प्रमाणित गरिदियो। नाता प्रमाणित गरिएको कागजमा लामाका भान्जा सञ्जीव घिसिङ मिर्गौला दिन तयार भए। तर निदान अस्पतालले घिसिङको मिर्गौला निकालेन।

नाटकीय र चलाखीपूर्ण ढंगले निदान अस्पतालका चिकित्सकले कलंकी बस्दै आएका मिर्गौला तस्करी गर्ने केदार नाम गरेका व्यक्तिले खोजेर ल्याएका एक युवकको मिर्गौला निकाले। केदारले ती युवालाई आर्थिक प्रलोभनमा पारे। त्यसपछि ती युवाको मिर्गौला योञ्जनलाई प्रत्यारोपण गरियो।

निदानका चिकित्सकले मिर्गौला झिकिएका व्यक्ति र गाउँपालिकाले दिएको नाता प्रमाणपत्रमा उल्लेखित भान्जा नाताका घिसिङको फोटोसमेत भिडाएन। मिर्गौला झिकिएका व्यक्ति र नाता प्रमाणित प्रमाणपत्रमा उल्लिखित व्यक्तिको फोटो नभिडाउनुले गैरकानुनी ढंगले मिर्गौला प्रत्यारोपण गरिएको पुष्टि हुन्छ।केदारले ५ लाख रुपैयाँ दिने सर्तमा ती युवालाई दाङबाट काठमाडौं ल्याएको स्रोतले बतायो।

आर्थिक चलखेलमा निदान अस्पतालले गैरकानुनी ढंगले मिर्गौला प्रत्यारोपण गरेको त्यहीं कार्यरत कर्मचारी बताउँछन्। मिर्गौला तस्कर केदार र निदान अस्पतालका केही चिकित्सकरकर्मचारी नियमित सम्पर्कमा रहने स्रोतले बताएको छ। अस्पतालले अवैध तवरबाट मिर्गौला प्रत्यारोपण गरेको प्रमाण अन्नपूर्णसित सुरक्षित छ।

नाता प्रमाणित लगायतका आवश्यक कागजपत्र बनाई लामाको टोली मिर्गौला प्रत्यारोपण गर्न निदान अस्पताल पुगेका थिए। निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत बिपिन प्रधानको टोलीले लामाको कागजपत्र हेरी मिर्गौला प्रयारोपण गर्ने स्वीकृति दिएको थियो। प्रत्यारोपण गर्नुअघि सबै कागजपत्र प्रधानको टोलीले प्रमाणीकरण गर्दै आएका छन्।

निदान अस्पताल व्यवस्थापनले भने नियम संगत रूपले योञ्जनको मिर्गौला प्रत्यारोपण गरिएको दाबी गरेको छ। अस्पतालका पूर्वअध्यक्षसमेत रहेका बोर्ड डाइरेक्टर प्रमोद प्रधानले कानुनसम्मत मिर्गौला प्रत्यारोपण गरिएको बताए। निदान अस्पतालले त्यस्तो गलत कार्य गर्नै नसक्ने प्रधानले जिकिर गरे।

योञ्जनलाई मिर्गौला प्रत्यारोपण गर्दा लाखौँको आर्थिक चलखेल भएको स्रोतले बताएको छ। अस्पतालका कार्यकारी अधिकृत बिपिन प्रधानले यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन्। प्रधानले अन्नपूर्णसँग भने, ‘यसबारे मैले अहिले बोल्न मिल्दैन।’

उनले गैरकानुनी ढंगले कसैलाई मिर्गौला प्रत्यारोपण नगरिएको बताए। प्रधानले भने, ‘हामी अनुसन्धान गर्छौं।’ तर निदान अस्पतालका केही कर्मचारी र डायलोसिस गर्ने बिरामीले योञ्जनका भान्जा घिसिङको स्वास्थ्य परीक्षण गर्न माग गरेका छन्। निदानमा डाइलोसिस गरिरहेका एक बिरामीले भने, ‘गैरकानुनी ढंगले योञ्जनको मिर्गौला प्रत्यारोपण गरिएको हो, घिसिङको स्वास्थ्य जाँच गर्दा सबै तथ्य बाहिर आउँछ।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।