२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले गत पुसमा क्रियाशील नवीकरण गरेका तर प्राविधिक रुपमा अद्यावधिक नभएका सदस्यहरुलाई समेत पार्टीको १५ औँ महाधिवेशनमा सहभागि गराउने निर्णय गरेको छ ।

पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको सोमवारको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको हो ।

उहाँले यद्धपी पुसमा नवीकरण गरेका सदस्यहरुको हकमा समेत तीन वटा शर्तहरु लागू हुने उहाँको भनाइ छ । उहाँकाअुनसार पार्टीको १५औँ महाधिवेशनमा सहभागि हुनको लागि पार्टी अनुशासन उल्लङ्घन नगरेको, पार्टी सदस्यता त्याग नगरेको तथा कानूनले दलको सदस्य बन्नको लागि निषेध नगरेको हुनुपर्नेछ ।

यसअघि पार्टीका निःवर्तमान सभापति शेरबहादुर देउवा समूहले गत पुसमा नविकरण गरिएका क्रियाशील सदस्यलाई अद्यावधिकको बाध्यकारी प्रक्रियामा सहभागी हुनुपर्ने व्यवस्था हटाउन माग गर्दै आएको थियो । बैठकले सोही मागलाई सम्बोधन गर्न यस्तो निर्णय गरेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको १५ औँ महाधिवेशनका लागि पुसको महिनामा नवीकरण गरिसकेकाहरुको हकमा अद्यावधिक नगरेपनि पनि केही शर्तमा सहभागि हुन पाउने निर्णय गरेका छौँ । पार्टी अनुशासन उल्लङ्घन नगरेको, पार्टी सदस्यता त्याग नगरेको वा कानूनले दलको सदस्य बन्नको लागि निषेध नगरेको हुनुपर्नेछ । त्यो संख्या हरेक दलमा ठूलो संख्यामा रहेका छन् । यी बाहेक सबैले महाधिवेशनमा सहभागि हुने बाटो खुला गरिदिएका छौँ । यसले सबै साथीहरुलाई सहभागि हुन ढोका खोलेको छ । राम्रो एजेण्डा लिएर जनमत निर्माण गर्ने अधिकार पनि सबै नेतामा छ । ती आफ्ना फरक मतहरुलाई अधिवेशनको हलमा मतमा परिणत गर्नको लागि सबैलाई मौका छ ।’

त्यसैगरी बैठकले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणमा सरकारलाई सहयोग गर्ने निर्णय पनि गरेको छ । उहाँले राहत तथा उद्धारको कार्य थप प्रभावकारी बनाउन सरकारलाई आग्रह समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल