७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

संविधान दिवस मनाउनेबारे समाजवादी पार्टी र राजपाबीच मतभिन्नता

संविधान दिवस मनाउनेबारे समाजवादी पार्टी र राजपाबीच मतभिन्नता
अ+ अ-

काठमाडौं । संघीय सरकारले ३ असोजमा संविधान दिवसलाई भव्य रूपमा मनाउने घोषणा गरेको छ । प्रधानमन्त्री केपी ओलीले संविधान दिवसका दिन घर–घरमा दीपावली गर्न आग्रह गरिसकेका छन् । तर, संविधान दिवस मनाउनेबारे प्रदेश २ सरकारको तयारी सुस्त देखिएको छ । संविधानलाई आलोचनात्मक समर्थन गरेका मधेसवादी दलहरू समाजवादी पार्टी र राजपा नेपालको साझा गठबन्धनको प्रदेश सरकारले आंशिक रूपमा मात्रै संविधान दिवस मनाउने भएको छ । दुवै पार्टीबीच संविधान दिवस मनाउने कि नमनाउने भन्नेमा मतभिन्नता देखिएको छ । प्रदेश सरकारको नेतृत्व गरेको समाजवादी पार्टीले आंशिक रूपमा र सहयात्री दल राजपाले कालो दिवसका रूपमा मनाउने जनाएका छन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संविधान संशोधनको मुद्दामा कुनै प्रगति नभएकाले आंशिक रूपमा मात्रै संविधान दिवस मनाउने बताए । आफ्नो पार्टीले संविधानलाई आलोचनात्मक समर्थन मात्रै गरेको उल्लेख गर्दै सरकारको प्रवक्तासमेत रहेका मन्त्री यादवले भने, ‘संविधानतः प्रदेश सरकार गठन भएकाले संविधानमा रहेका राम्रा विषयलाई संस्थागत गर्नु आवश्यक छ, त्यसैले सरकारले संविधान दिवस मनाउने निर्णय गरेको छ । तर, संविधान संशोधनको मुद्दामा अझै कुनै प्रगति नभएकाले जुन उत्साह र उमंगले दिवस मनाउने हो त्यसमा भन्ने कमी आउनु स्वाभाविक हो ।’ उनले संविधानलाई आफ्नो पार्टीले विरोध नगरेको बताए । ‘त्यसमा रहेका कमीकमजोरीलाई सच्याउन संविधान संशोधनको कुरा उठाएका छौँ, जबसम्म ती सच्याइँदैन, तबसम्म संविधान दिवस उत्साहपूर्ण वातावरण मनाउन सकिन्न,’ उनले भने ।

यस्तो छ सरकारको कार्यक्रम
प्रदेश सरकारले यस वर्ष तीन दिन संविधान दिवस मनाउने निर्णय गरेको छ । मंगलबार मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको अध्यक्ष बसेको बैठकले २ देखि ४ असोजसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको हो । संविधान दिवस मनाउन मुख्यमन्त्री राउतको अध्यक्षतामा प्रदेशस्तरीय संविधान दिवस मूल समाहरोह समितिसमेत गठन गरिएको सचिव खत्रीले बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त प्रमुख सचिव कोमलकान्त खत्रीले २ असोजमा जनकपुरको जिरोमाइल क्षेत्रमा सरसफाइ, ३ गते बिहान जानकी मन्दिरबाट प्रभातफेरी र ४ गते बिहान मधेस भवनमा सरसफाइ तथा वृक्षरोपण, दिउँसो कभर्डहल क्षेत्रमा वृक्षरोपणको कार्यक्रम तय भएको उनले बताए ।

राष्ट्रिय जनता पार्टीले संविधान संशोधनको मुद्दा सम्बोधन नभएको भन्दै ३ असोजलाई विरोध दिवसका रूपमा मनाउने भएको छ । संघीय सरकारले ३ असोजलाई ‘संविधान दिवस’का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको छ । राजपा अध्यक्षमण्डलको मंगलबारको बैठकले विगतमा जस्तै यस वर्ष पनि संविधान जारी भएको दिनलाई ‘कालो दिवस’ का रूपमा मनाउने निर्णय गरेको अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले जानकारी दिए । राजपाले संविधान जारी भएको वर्ष २०७२ देखि नै ३ असोजलाई विरोध दिवसका रूपमा मनाउँदै आएको छ ।

बैठकले मुलुकको गौरवका रूपमा रहेको बाराको निजगढमा बन्न लागेको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि नाम, बहाना र कारण देखाएर अन्यत्र वा अन्यथा गर्ने चर्चा परिचर्चाप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । बैठकपछि अध्यक्षमण्डलका संयोजक यादवद्वारा जारी विज्ञप्तिमा विमानस्थल निजगढमै निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख छ । राजपाले विमानस्थल निर्माणमा प्रदेश सरकारसँग समन्वय गर्न आग्रहसमेत गरेको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।