७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

विद्यार्थीका कारण एमबिबिएसको प्रवेश परीक्षा अन्योलमा

विद्यार्थीका कारण एमबिबिएसको प्रवेश परीक्षा अन्योलमा
अ+ अ-

काठमाडौं । विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) र काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेसमा लगाएको ताला चिकित्सा शिक्षा ऐन कार्यान्वयन नभएसम्म नखोल्ने चेतावनी दिएका छन् । तालाबन्दीले २१ भदौदेखि सञ्चालन हुने एमबिबिएसको प्रवेश परीक्षा प्रभावित हुने भएको छ ।

चिकित्सा शिक्षा संघर्ष समिति र आइओएमका अधिकारीबीच मंगलबार भएको छलफल पनि विनानिष्कर्ष टुंगिएको छ । संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले माग पूरा नभएसम्म परीक्षा हुन नदिने बताए । शिक्षा मन्त्रालयले भने वार्ताबाट समस्या समाधान गर्ने भन्दै संघर्ष समितिलाई ताला खोल्न आग्रह गर्दै आएको छ ।

ऐनविपरीत विभिन्न विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना प्रक्रिया सुरु गरेपछि विद्यार्थी आन्दोलित भएका हुन् । उनीहरूले आइतबारदेखि आइओएम र स्कुल अफ मेडिकल साइन्सेसको डिन कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटनमा समेत तालाबन्दी गर्ने तयारी गरेका छन् ।

संघर्ष समितिका प्रवक्ता कडरियाले आफूहरूले चिकित्सा शिक्षा ऐनले गरेको व्यवस्था कार्यान्वयनका लागि मात्र दबाब दिएको बताए । आफ्ना मागमा अनेरास्ववियु, नेविसंघलगायतका विद्यार्थी संगठनको पनि ऐक्यबद्धता रहेको उनको दाबी छ ।

ऐनअनुसार विद्यार्थी सिट संख्या तथा शुल्क निर्धारण गर्ने, एकीकृत प्रवेश परीक्षा गर्नेलगायतका काम चिकित्सा शिक्षा आयोगले गर्ने व्यवस्था छ । सरकारले आयोग उपाध्यक्ष नियुक्तिमा ढिलाइ गरिरहेको छ । त्यसको फाइदा उठाउँदै विश्वविद्यालय र प्रतिष्ठानहरूले आफ्नो अनुकूलमा भर्ना प्रक्रिया सञ्चालन गरिरहेका छन् ।

संघर्ष समितिका अभियन्ता पक्राउपछि रिहा
चिकित्सा शिक्षा संघर्ष समितिका अभियन्ता प्रवीण लामालाई प्रहरीले प्रक्राउ गरी रिहा गरेको छ । चितवन मेडिकल कलेजमा बिडिएस तेस्रो वर्षमा अध्ययनरत लामालाई सोमबार साँझ जिल्ला प्रहरी कार्यालय चितवनले प्रक्राउ गरेको थियो । सोधपुछ गरेपछि उनलाई मंगलबार रिहा गरेको छ । लामा पक्राउको विरोधमा मंगलबार विद्यार्थीले भरतपुरमा र्‍यालीसहित प्रदर्शन गरेका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।