२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह



अ+ अ-

गोरखा । गोरखाको चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङखोलामा आएको बाढीले महत्वपूर्ण दुईवटा पुल बगाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय गोरखाले सोमबार अत्यन्त जरुरी सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म मनास्लु पदमार्ग तथा लार्केपास पदमार्गमा पदयात्रा नगर्न र नगराउन सम्बन्धित सबैलाई आग्रह गरेको हो।

प्रशासनका अनुसार भदौ २१ गते बिहान करिब ३ः३० बजे थेराङखोलामा आएको बाढीले चुमनुव्री गाउँपालिका–४ र वडा नम्बर २ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगल जाने बुढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल समेत बगाएको छ।

पुल बगेपछि उक्त क्षेत्रको आवागमन प्रभावित हुनुका साथै पदयात्रीका लागि जोखिम बढेको प्रशासनले जनाएको छ। पदयात्राको तयारीमा रहेका वा हाल यात्रामा रहेका पदयात्रीलाई समेत तत्काल यात्रा रोक्न प्रशासनले अनुरोध गरेको छ।

प्रशासनले कुनै विपद्जन्य घटना वा असामान्य अवस्था सिर्जना भएमा नजिकको सुरक्षा इकाइ, प्रहरी चौकी तथा स्थानीय तहलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ।
विपद्सम्बन्धी जानकारीका लागि जिल्ला प्रशासन कार्यालय गोरखाले ९८५६०५७७७७, ९८५६०५७७७८ र ९८५६०५७७८० नम्बर उपलब्ध गराएको छ।

त्यस्तै जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको १२३४, ९७४८४३०२०० र ९८६७१७३६९४ तथा जिल्ला प्रहरी कार्यालय गोरखाको १००, ९८५६०५५५५५ र ९८५६०६११९० नम्बरमा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।