२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी



अ+ अ-
काठमाडाैँ । गए राति परेको अविरल वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति पुगेपछि भक्तपुरका किसान दुःखी बनेका छन् ।  पाक्नै लागेको धानबालीमा क्षति पुगेपछि किसानले वर्षभरको मेहनत खेर जाने चिन्ता व्यक्त गरेका छन् । धान काट्ने समय नजिकिँदै गर्दा परेको ठूलो वर्षाले किसानको वर्षभरिको मेहनत जोखिममा परेको छ ।
रोपाइँदेखि गोडमेल, मलजल र सिँचाइ गर्दै हुर्काएको धान पाक्ने बेलामा पानी र हावाहुरीका कारण ढलेपछि उत्पादन घट्ने चिन्ता किसानमा थपिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङगका किसान सौगात गिरीका अनुसार राति परेको वर्षाले धानबालीको खेततर्फको खोला पसेपछि खेतको धानबालीमा क्षति पुगेको हो ।
 खोलामा लामो समयदेखि जम्मा भएका फोहोरका थुप्रोसमेत खेतमा पस्दा धानबालीमा थप क्षति पुगेको उहाँले बताउनुभयो । वर्षाका कारण खेतमा पानी जम्नुका साथै कतिपय स्थानमा खोला तथा खोल्साको पानी खेतमा पस्दा धानबाली ढलेर नष्ट भएको उहाँंले जानकारी दिनुभयो ।
“वर्षे धान रोपेदेखि धान घरमा नभित्राएसम्म पानी परेपछि धान डुबानमा पर्ला कि भनेर चिन्तामा बस्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । गिरीले यसपटक पनि पाक्न ठिक्क परेको धानबाली वर्षाको पानीले ढलेर नष्ट भएपछि यहाँंका सम्पूर्ण किसानहरु दुःखी भएको बताउनुभयो ।
यहाँंका किसानहरूले वर्षायाममा खेत डुबानको समस्या समाधान गर्न खोला तथा खोल्साको उचित व्यवस्थापन, फोहर हटाउने तथा व्यवस्थित कोरिडोर निर्माण गर्न स्थानीय तहसँग माग गर्दै आएका छन् ।
समयमै समस्या समाधान नगरे हरेक वर्ष धानबालीमा क्षति पुग्ने र किसानको उत्पादन तथा आम्दानीमा असर पर्ने उहाँको भनाइ छ । भक्तपुरका  किसान रामप्यारी सुवालका अनुसार पाक्नै लागेको धान ढलेपछि धान नष्ट हुन्छ । उहाँका अनुसार ढलेको धान फेरि जनशक्ति लगाएर उठाउनुपर्छ अर्थात् मुठामुठा बाध्नुपर्छ । यति गर्दा पनि त्यो धान खाली बोक्रामा मात्रै सिमित हुन्छ । त्यसकारण धान फल्ने बेला त्यो खोक्रो भुस धानमा परिणत हुने  उहाँंले जानकारी दिनुभयो ।
भक्तपुर किसानको जिल्ला भनेर चिनिन्छ । जिल्लाका चार नगरपालिका–भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायणमध्ये विशेषगरी सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्रमा अझै पनि ठूलो क्षेत्रफलमा रोपाइँ गरिन्छ । भक्तपुरका ग्रामीण तथा शहरी क्षेत्रमा तीव्र रूपमा भइरहेको भौतिक विस्तारका कारण खेत तथा प्राकृतिक पानी बग्ने मार्गमा दबाब बढ्दै गएको छ ।
यसले ठूलो वर्षाका बेला पानीको निकास प्रभावित हुने र खेतमा डुबानको जोखिम बढाउने गरेको किसानहरूको अनुभव छ । स्थानीय तहले तत्काल क्षतिको स्थलगत अनुगमन गरी वास्तविक क्षतिको विवरण सङ्कलन तथा प्रभावित किसानलाई आवश्यक सहयोग गर्नुपर्ने मागसमेत उठेको छ ।