७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

लामखुट्टे पहाडमा चढ्यो

लामखुट्टे पहाडमा चढ्यो
अ+ अ-

वीरेन्द्रनगर । केही वर्षअघिसम्म तराईका जिल्लामा मात्र हुने डेंगी संक्रमण अहिले पहाडी जिल्लामा पनि देखिन थालेको छ। यातायात पहुँच विस्तारले एक ठाउँबाट अर्को ठाउँमा आवतजावत बढेपछि तराईमा पाइने डेंगी सार्ने लामखुट्टे पहाडमा पनि देखिन थालेका हुन्। जलवायु परिवर्तनको असरका कारण पनि लामखुट्टे तराईबाट पहाड उक्लिन थालेका हुन्।

कर्णालीका पहाडी जिल्लामा पनि डेंगीका बिरामी देखिएको स्वास्थ्यकर्मी बताउँछन्। कर्णालीको प्रदेशको राजधानी सुर्खेतमा दुईजनामा डेंगी देखिएको प्रादेशिक अस्पतालले जनाएको छ। कर्णालीमा हुम्लाबाहेक जिल्लामा सडक सञ्जालको पहुँच छ। लामखुट्टेको टोकाइबाट डेंगीका बिरामी बढ्दै जान थालेपछि सजगता अपनाउनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन्। ‘कर्णालीमा डेंगी महामारीको रूपमा देखिएको त छैन,’ चिकित्सक किरण केसीले भने, ‘तर सजगता भने अपनाउनुपर्ने देखिन्छमै सतर्कता नअपाए डेंगीको संक्रमण ठूलो रूपमा फैलन सक्ने उनको भनाइ छ।

सुर्खेतस्थित प्रादेशिक अस्पतालमा अलिे दैनिक तीनदेखि चार समयसम्म मौसमी ज्वरोका बिरामी उपचारका लागि आउँछन्। तीमध्ये केहीमा डेंगीको लक्षण देखिएको अर्का डा। डिएन पौडेलले जानकारी दिए। डेंगी लक्षण देखिएकालाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको उनले बताए।

तराईबाट पहाड चढ्दै गरेको डेंगी संक्रमण बढ्दो क्रममा रहेको बताइएको छ। सुर्खेतमा दुईजनामा डेंगी सक्रमण देखिनु सामान्य नभएको डा। केसीको भनाइ छ। ‘सबैमा डेंगी परीक्षण गर्ने हो भने केहीमा देखिन सक्छ,’ उनले भने, ‘सबै स्वास्थ्य संस्थामा पनि आउँदैनन्।’ डेंगीको लक्षण मौसमी रूघा–खोकीको जस्तै हुन्छ। तल्लो सुर्खेतमा डेंगी संक्रमण बढी देखिएको उनले बताए। कडा ज्वरो आउने, वाकवाकी लाग्ने, रक्तप्रवाह राम्रोसँग नहुने, बेहोस हुनु डेंगका लक्षण हुन्। शरीर ढाक्ने कपडा लगाउने, सुत्दा झुल प्रयोग गर्ने र पानी जमेका खाल्डाखुल्डी पुर्ने काममात्रै गरे पनि डेंगी संक्रमणबाट बच्न सकिन्छ। डेंगीको शंका लाग्नेबित्तिकै स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुपर्ने चिकित्सक बताउँछन्।

जलवायु परिवर्तनको असरका कारण पनि लामखुट्टे तराईबाट पहाड उक्लिँदै गरेको जानकारी डा। केसीले दिए। उनका अनुसार कर्णालीमा डेंगीसम्बन्धी दक्ष चिकित्सक र प्रविधि नहुँदा पनि डेंगीका बिरामी यकिन गर्न समस्या भएको छ। ‘शंकाका भरमा तपाईंलाई डेंगी लागेको छ भन्न सकिएको छैन,’ उनले भने, ‘धेरै लक्षण देखिएमा उपचार गरेका छौं।’ पछिल्लो समय कर्णालीमा लामखुट्टे बढ्दो क्रममा छ। पेडिस जातको लामखुट्टेले दिउँसोमा टोकेमा संक्रमित भइने प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षाअधिकृत श्यामलाल आचार्यले जानकारी दिए। उनका अनुसार सर्वसाधारण आफैं पनि यसबाट बच्न सतर्क हुनुपर्छ। उनले सुर्खेतमा डेंगीका बिरामी देखिए पनि आत्तिनुपर्ने अवस्था छैन।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।