४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘खुङ्खार अपराधी’ समूहका सत्यराज योगीलाई प्रहरीले गोली हान्यो



अ+ अ-

काठमाडौं । ‘खुङ्खार अपराधी’ फुल हसन अन्सारी समूहका सत्यराज योगी भनिने सन्तोष दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतमा बसेर व्यापारी धम्क्याउँदै पैसा असुली गर्ने दास नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले गोली हानेर वीरगञ्जस्थित राधेमाई क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्र सिंह राठौरका अनुसार दासलाई नियन्त्रणमा लिन एक राउण्ड गोली खर्च भएको छ । दासको दाहिने घुँडामा गोली लागेको छ । गोली लागेर घाइते भएका दासको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

दासको साथबाट प्रहरीले म्यागजीनसहितको टाईप ५४ मोडेलको पेस्तोल, १७ राउण्ड गोली र सेतो प्लाष्टिकमा रहेको खैरो रङ्गको १७० ग्राम धुलो पदार्थ पनि बरामद गरेको छ ।