२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकप-२०२२: आधिकारिक प्रतिक चिन्ह सार्वजनिक



अ+ अ-

काठमाडौं । सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकपको आधिकारिक प्रतिक चिन्ह सार्वजनिक भएको छ ।

फिफा विश्वकपको प्रतिक चिन्ह स्थानीय समय अनुसार रातको ८ः२२ मा सार्वजनिक गरिएको थियो । कतारका अतिरिक्त प्रतिक चिन्हलाई विश्वका २४ प्रमुख सहरमा पनि उही समयमा सार्वजनिक गरिएको थियो ।

कतारका चर्चित भवनहरु बुर्ज दोहा, कतार कल्चरल भिलेज एम्पिथिएटर, सोक बाकिफ र अल जुबराह फोर्टमा एक्कै पटक चिन्हलाई प्रोजेक्ट गरेर प्रतिक चिन्ह सार्वजक गरिएको थियो ।

प्रतियोगिताका संचालकका अनुसार, प्रतिक चिन्हको घुमाउरो वक्रले मरुभूमिको ‘डुन (बालुवाको ठूल–ठूला थुम्का)’लाई प्रतिविम्बित गर्छ ।

त्यस्तै कतै पनि नटुटेको फित्ताजस्तो आक्रृति अग्रेजीको आठ अंकजस्तो र गणितमा असंख्य जनाउने चिन्हजस्तो पनि देखिन्छ । ती दुवैमा त्यसको अर्थ लुकेको आयोजकले बताएका छन् ।

आठले कतार विश्वकपमा खेलहरु संचालन हुने आठ वटा रङ्गशालालाई प्रतिविम्बित गर्छ भने असख्यं आकृतिले प्रतियोगिताले असंख्य मानिसलाई खेलमार्फत जोड्ने ल्याउनेतर्फ इग्ङित गर्छ ।