१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकप-२०२२: आधिकारिक प्रतिक चिन्ह सार्वजनिक



अ+ अ-

काठमाडौं । सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकपको आधिकारिक प्रतिक चिन्ह सार्वजनिक भएको छ ।

फिफा विश्वकपको प्रतिक चिन्ह स्थानीय समय अनुसार रातको ८ः२२ मा सार्वजनिक गरिएको थियो । कतारका अतिरिक्त प्रतिक चिन्हलाई विश्वका २४ प्रमुख सहरमा पनि उही समयमा सार्वजनिक गरिएको थियो ।

कतारका चर्चित भवनहरु बुर्ज दोहा, कतार कल्चरल भिलेज एम्पिथिएटर, सोक बाकिफ र अल जुबराह फोर्टमा एक्कै पटक चिन्हलाई प्रोजेक्ट गरेर प्रतिक चिन्ह सार्वजक गरिएको थियो ।

प्रतियोगिताका संचालकका अनुसार, प्रतिक चिन्हको घुमाउरो वक्रले मरुभूमिको ‘डुन (बालुवाको ठूल–ठूला थुम्का)’लाई प्रतिविम्बित गर्छ ।

त्यस्तै कतै पनि नटुटेको फित्ताजस्तो आक्रृति अग्रेजीको आठ अंकजस्तो र गणितमा असंख्य जनाउने चिन्हजस्तो पनि देखिन्छ । ती दुवैमा त्यसको अर्थ लुकेको आयोजकले बताएका छन् ।

आठले कतार विश्वकपमा खेलहरु संचालन हुने आठ वटा रङ्गशालालाई प्रतिविम्बित गर्छ भने असख्यं आकृतिले प्रतियोगिताले असंख्य मानिसलाई खेलमार्फत जोड्ने ल्याउनेतर्फ इग्ङित गर्छ ।