१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय क्रिकेटर सामीको नाममा पक्राउ पुर्जी



अ+ अ-

काठमाडौं । वेस्ट बंगालको एक अदालतले भारतीय तीव्र गतिका बलर मोहमद सामीको नाममा पक्राउ पुर्जी जारी गरेको छ।

सामीलाई घरेलु हिंसाको मुद्दामा पक्राउ पुर्जी जारी गरिएको हो। उनकी श्रीमती जहानले गत मार्चमा सामीले हत्या गर्न खोजेको र घरेलु हिंसा गरेको भन्दै मुद्दा दायर गरेकी थिइन्।

बुधबार आफ्नो २९ औं जन्मदिन मनाउन लागेका सामीलाई १५ दिनभित्र अदालतमा आत्मसमर्पण गर्न भनिएको छ। हाल वेस्ट इन्डिज भ्रमणमा रहेका उनलाई स्वदेश फर्किएपछि आत्मसमर्पण गर्न भनिएको हो।

यता सामीका वकिल सलिम रहमानले सामीकी श्रीमतीको अभियोग भनेजस्तो गम्भीर नभएको दाबी गरेका छन्।