६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय क्रिकेटर सामीको नाममा पक्राउ पुर्जी



अ+ अ-

काठमाडौं । वेस्ट बंगालको एक अदालतले भारतीय तीव्र गतिका बलर मोहमद सामीको नाममा पक्राउ पुर्जी जारी गरेको छ।

सामीलाई घरेलु हिंसाको मुद्दामा पक्राउ पुर्जी जारी गरिएको हो। उनकी श्रीमती जहानले गत मार्चमा सामीले हत्या गर्न खोजेको र घरेलु हिंसा गरेको भन्दै मुद्दा दायर गरेकी थिइन्।

बुधबार आफ्नो २९ औं जन्मदिन मनाउन लागेका सामीलाई १५ दिनभित्र अदालतमा आत्मसमर्पण गर्न भनिएको छ। हाल वेस्ट इन्डिज भ्रमणमा रहेका उनलाई स्वदेश फर्किएपछि आत्मसमर्पण गर्न भनिएको हो।

यता सामीका वकिल सलिम रहमानले सामीकी श्रीमतीको अभियोग भनेजस्तो गम्भीर नभएको दाबी गरेका छन्।