६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यामरुनका सेना मध्यअफ्रिकी गणतन्त्र पठाइए



अ+ अ-

याउन्डे । अफ्रिकी मुलुक क्यामरुनले युद्धग्रस्त मध्यअफ्रिकी गणतन्त्र (सिएआर) मा राष्ट्रसंघीय शान्ति सैनिकको रुपमा छैटौं सैन्यदल पठाएको छ । स्थानीय नागरिकको सुरक्षाका लागि ती सैनिक पठाइएका हुन् ।

क्यामरुनको राजधानी याउन्डेमा आयोजित समारोहमा सम्बोधन गर्दै रक्षामन्त्री जोसेफ बेटी अस्सोमोले सिएआरमा शान्ति स्थापनाका लागि क्यामरुनका सैनिकले निर्वाह गर्न सक्ने भूमिकाका बारेमा निर्देशन दिए ।

मन्त्री अस्सोमोले वर्षौंदेखि युद्धमा होमिएको मध्यअफ्रिकी गणतन्त्रका तहसनहस भएका संस्थाहरुलाई सही ठाउँमा ल्याउन अत्यावश्यक रहेको चर्चा गर्दै क्यामरुनले अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिम केही वर्षदेखि नियमित रुपमा सेना पठाइरहेको बताए ।

उनले मानव अधिकारलाई उच्च प्राथमिकता दिई निष्पक्षतापूर्वक सेवा गर्न सैनिक जवानहरु समक्ष आग्रह गरे ।क्यामरुनको रक्षा मन्त्रालयका अनुसार पछिल्लो पटक ७५० जना सैनिक र ३५० जना कर्मचारी राष्ट्रसंघीय मिसनमा सहभागी हुँदैछन् ।

मध्यअफ्रिकी गणतन्त्रमा नागरिक सुरक्षाका निम्ति मिनुस्काको गठन सन् २०१४ मा भएको थियो । सशस्त्र समूह सेलेकाले हिंसात्मक द्वन्द्वका आधारमा मध्य अफ्रिकी गणतन्त्रको सत्ता हत्याएपछि सन् २०१३ यता हिंसात्मक द्वन्द्व शुरु भएको छ ।