४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौहत्यामा संलग्नलाई कारबाही गर्न कांग्रेस सांसदको माग



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले नेपालगञ्जबाट लगिएका गाई सुर्खेतमा मृत भेटिएको घटना गौहत्या हो भन्दै यसमा संलग्नलाई कारबाही गर्न माग गरेकी छन् ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद संग्रौलाले यस्ता घटना घटाएर जघन्य अपराध गर्नेलाई आजसम्म किन कारबाही नगरिएको भन्दै आक्रोश पोखेकी थिइन् । उनले प्रश्न गरिन्– ‘नेपालमा यसरी नै गौहत्या बर्जित हुँदा पनि यो घटना घट्दै जानु अत्यन्त निन्दनीय छ ।’

सांसद पन्तले खोटाङको दिक्तेल नगरपालिकामा कुकुर मारिएको घटनाको पनि विरोध गरेकी छन् । उनले पशु अधिकारवादीको कुरा सुनेर कुकुर मार्ने काम बन्द गर्न आग्रह गरेकी छन् ।

केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाबाट दैलेखको शिरस्थानतर्फ लगिएको गाईमध्ये २४ वटा सुर्खेतको सानो ब्युरेनी र कटकुवामा मृत भेटिएको थियो ।