१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरद ऋतुमा २४ टोलीका २ सय ३० जनाले लिए आरोहण अनुमति



अ+ अ-

काठमाडौं । हिमाल आरोहण गर्न ८ हजार १ सय ६३ मिटर उचाईको मनास्लुमा पर्वतारोहीको आकर्षण देखिएको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म कूल २४ टोलीका २ सय ३० जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र १८ टोलीका १ सय ९४ आरोही छन् ।

मनास्लुपछि द्यौलागिरी हिमाल चढ्न आरोही इच्छुक देखिएका छन् । विभागको तथ्यांक अनुसार द्यौलागिरीमा एउटा मात्र टोलीले अनुमति लिए पनि त्यसमा १५ जना सदस्य रहने छन् ।

माउन्ट ल्होत्से र आरोहण गर्न २ समूहका १३ जना सदस्यले अनुमति लिएका छन् । मकालु हिमाल आरोहण गर्न एक समूहमा ४ सदस्यले अनुमति लिएको विभागले उल्लेख गरेको छ । मनास्ली हिमाल चढ्न एक समूहमा तीन सदस्यले अनुमति प्राप्त भएका छन् ।

मंगलबारसम्म कूल ६ वटा हिमालका लागि मात्र अनुमती जारी भएको छ । यस अवधिमा हिमाल आरोहणमा जाने पर्वतारोहीबाट सरकारले २ करोड ४० लाख रुपैयाँ रोयल्टी संकलन गरिसकेको छ ।सगरमाथा आरोहणमा वसन्तु ऋतुमा सरकारले ११ हजार डलर लिने गरेकामा शरद ऋतुमा भने मात्र ५५ सय डलर लिने गरेको छ ।