६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकको पक्षमा ल्याइएको ऐन प्रमाणीकरण



अ+ अ-

काठमाडौं । सरकारले चिकित्सकको पक्षमा ल्याएको मुलुकी ऐन, मुलुकी अपराध संहिता ऐन र मुलुकी फौजदारी कार्यविधि ऐन प्रमाणीकरण गरेको जनाएको छ ।

नेपाल सरकारले २०७५ साल भदौं १ गते देखि लागू गरेको मुलुकी ऐन,मुलुकी अपराध संहिता ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ ले नेपालका चिकित्सक तथा स्वाथ्यकर्मीहरुलाई अपराधीको शैलीमा व्यवहार गर्नेतर्फ लक्षित गरिएको थियो ।

जसले गर्दा बिरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न हुने भएको भन्दै परिवर्तन गर्नुपर्ने माग गत वर्षदेखि चिकित्सकहरुले गर्दै आइरहेका थिए ।

उक्त परिमार्जित संहिताको दफा १८९ मा उपदफा ९२० र ९४० थप गरी यस संहितामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए ता पनि अपराध संहिताको दफा २३१, २३२, २३३ र २३८ बमोजिमको कसूरको अनुसन्धानका लागि नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा ५ सदस्य अनुसन्धान समिति गठन गर्ने व्यवस्था भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उपचारको क्रममा बिरामीको निधन भएको खण्डमा अनुसन्धान समितिले कसूर गरेको प्रमाण भेटिएको खण्डमा मात्र मुद्दा चलाउन पठाउने व्यवस्था गरि परिमार्जन भएको जनाएको छ ।