१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली राजमार्गमा जोखिम बढ्दै



अ+ अ-

दैलेख । प्रदेश राजधानी वीरेन्द्रनगरबाट कर्णाली राजमार्ग हुँदै दैलेख, कालीकोट, जुम्ला र मुगुसम्मको सवारी यात्रा गर्ने जोसुकैलाई डर लाग्छ। कर्णाली राजमार्गको यात्रामा अधिकांश यात्रु निर्धक्क भएर यात्रा गर्न सक्दैनन्। राजमार्गमा यात्रा गर्ने यात्रुको मनमा गन्तव्यमा नपुगुन्जेल गाडी ठोक्किएर दुर्घटना हुन्छ कि ? वा गाडी नै भीरबाट खस्छ कि भन्ने ठूलो त्रास रहन्छ।

‘राजमार्गको यात्रा सुरु भएपछि गन्तव्यमा नपुगुन्जेल भीरको बाटोले मनमा त्रास हट्दैन’, यात्रु निमबहादुर शाहीले भने, ‘डरलाग्दो मोड, साँधुरो र जीर्ण भीरको सडकको यात्रा निकै जोखिमपूर्ण छ।’

कर्णाली राजमार्गमा भएका दुर्घटनामा सयौंको ज्यानसमेत गएको छ। विश्व बैंकको सहयोगमा निर्मित यो राजमार्गमा पहिलो पटक यात्रा गर्ने जोकोही सडक देख्दैमा आत्तिन्छन्। काठमाडौंदेखि राराका लागि कर्णाली राजमार्गमा यात्रा गरिरहेका डीबी नेपालीले भने, ‘भीरको बाटो, गतिलो सडक बार छैन, सर्वसाधारणले भगवानको भरोसामा यात्रा गर्नुपर्ने बाध्यता रहेछ।’

राजमार्गकोे स्तरोन्नतिका लागि प्रदेश तथा संघीय सरकार संवेदनशील बन्नुपर्ने उनले बताए। ०६३ चैतमा ट्र्याक खुलेको राजमार्ग कालोपत्रे गरेको १० वर्ष नपुग्दै जीर्ण बनेको हो। राजमार्गको दैलेखखण्डमा मात्रै सयौं ठाउँमा सडक भत्किएको छ। अधिकांश ठाउँमा पिच उप्किएको छ भने सडकको डिलमा लगाइएका बार भाँचिएका छन्। साँघुरो र अप्ठेरो सडकका कारण गाडी छिटै बिग्रिने सवारीचालक बताउँछन्। यसको असर रारा घुम्न जाने पर्यटकलाई परेको छ। राजमार्गमा खाल्डाखुल्डीले यात्रुलाई सास्ती बेहोर्नु परेको छ।

सडकको अवस्था नाजुक हुनुमा सडक विभागको कमजोरी रहेको यात्रुहरू बताउँछन्। सुर्खेतदेखि दैलेख हुँदै विभिन्न जिल्ला पुग्ने कर्णाली राजमार्ग कालोपत्रे भए पनि सडक छेउछाउ पानी जम्मा हुने, नाली माटोले भरिएर नियमित सरसफाइ र मर्मतसम्भार नहुनु मुख्य समस्या भएको यात्रु बताउँछन्। ‘कर्णालीका सबै जिल्ला जोड्ने कर्णाली राजमार्ग नै प्रमुख मार्ग हो’, राकमका नैन शाहीले भने, ‘प्रदेश र संघ सरकारले पनि विशेष प्राथमिकतामा राख्नुपर्छ।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।