२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय पढ्न १३ बालिकाको जंगलमै वास



अ+ अ-

रामेछाप । सुनकोसी नदीमा पुल र डुंगा नहुँदा रामेछाप खाँडादेवी गाउँपालिका–१ कोथवेका सीमान्तकृत माझी समुदायका १३ बालिका पढ्नका लागि जंगलमै बस्न बाध्य छन् । गाउँमा प्राविसम्मको मात्रै विद्यालय भएकाले थप अध्ययनका लागि सुनकोसीपारि सिन्धुली जार्नैपर्ने भएकाले बालिकाहरू जंगलछेउमा कटेरो बनाएर बस्ने गरेका छन् ।

६० परिवार माझी समुदाय बस्ने कोथवेका अधिकांश माझी बालक प्रावि तहबाटै अध्ययन छाड्छन् । धेरै पढेर सुन्दर भविष्य बनाउन कस्सिएका केही बालिका सिन्धुली सुनकोसी गाउँपालिका–३ झाँगाझोलीको गुटबजारस्थित श्री मावि पुग्नुपर्छ । तर, ८ र १० कक्षामा पढ्ने १३ बालिकालाई सुनकोसी किनारको जंगलछेउमा उभ्याइएको बारबन्देजविहीन कटेरोमा रात काटेर अध्ययन गर्न मुस्किल छ । कतिपयले त यही दुःखका कारण पढाइ छाडिसके ।

केही वर्षअघिसम्म नदी वारपार गर्न काठको डुंगा थियो । तर, थोत्रिएपछि नयाँ डुंगा बनाउन काठ नै नपाएको माझीहरू बताउँछन् । त्यसो त कोथवेबाट दुई घन्टाको दूरीमा पर्ने भिरपानी सित्खामा झोलुंगे पुल छ । तर, त्यहाँसम्म पुग्ने गोरेटो बाटो पहिरोले पुरेपछि गत वर्षदेखि अवरुद्ध छ ।

‘हिउँदका वेला कोसीको पानी सङ्लो हुन्छ, ट्युबमार्फत वारपार गर्न खासै गाह्रो हुँदैन,’ कक्षा १० मा पढ्ने सुशीला माझीले भनिन्, ‘तर, वर्षात्का वेला नदीमा बाढी आउँछ । ट्युबबाट नदी तर्न सकिँदैन । त्यसैले हामी १३ जना साथी यही कटेरोमा बस्दै आएका छौँ । यहीँबाट विद्यालय आउजाउ गर्छौँ ।’

यी बालिकालाई शुक्रबार भने ट्युबमार्फत तारेर अभिभावकले घर लैजान्छन् । आइतबार बिहान फेरि कटेरोमा ल्याइदिन्छन् । यही वेला उनीहरूलाई हप्ताभर चाहिने खाद्यान्न र तरकारी पनि ल्याइदिन्छन् । बालिकाहरू कटेरोमै पकाएर खान्छन् । असारदेखि भदौसम्म यही दुःखमा उनीहरूको अध्ययन चल्छ ।

१० कक्षामा पढ्ने सुशीला माझी भन्छिन्–डरले रातभर निद्रा लाग्दैन
बुबाआमा नदीपारि घरमा बस्नुहुन्छ । तर, कोसी सुसाएको आवाजले घरतिर कोही बोलेको सुनिँदैन । यता जंगलको छेउमा डरले रातभर हामीलाई निद्रा लाग्दैन । बीचमा को सुत्ने भन्ने विषयमा हरेक राति हामीहरूबीच विवाद नै हुन्छ । कोही पनि छेउमा सुत्न मान्दैनन् । जंगली जनावर र मान्छे दुवैको डर हुन्छ ।

‘नेताहरूले आश्वासन मात्रै दिए’
तीनवटै तहको निर्वाचनका वेला नेताहरूले सुनकोसीमा झोलुंगेपुल निर्माण गर्ने आश्वासन दिएका थिए । तर, चुनावपछि कुनै पनि जनप्रतिनिधि माझी बस्ती नआएको कोथवेकी ज्ञानु माझीले बताइन् ।

०३७ मा धार परिवर्तन गरी कोसी रामेछापको कोथवेतर्फ गएको थियो । त्यहीवेलादेखि उनीहरूको घर र खेतबारी वारिपारि भयो । अहिले बालिका बस्ने जंगलछेउका कटेरा उनीहरूकै बारीमा बनाइएका हुन् । केही माझीका कटेरा भए पनि बालिकाहरू एउटै कटेरोमा मिलेर बस्ने गरेका छन् । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले माझी समुदायको सुविधाका लागि कोसीमा झोलुंगेपुल हाल्न गाउँपालिकाले पहल गर्ने बताए ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।