१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेकअप गर्नुअघि यी कुरामा ध्यान दिनुस्



अ+ अ-

काठमाडौं । मेकअप अनुहारको सौन्दर्यका लागि मात्र नभई सुरक्षाका लागि पनि गरिन्छ । यद्यपि, मेकअपमा प्रयोग हुने प्रडक्ट र आफ्नो छालाको नेचरबारे भने सचेत हुन आवश्यक हुन्छ । किनभने, खराब मेकअपले क्षणिक रूपमा सुन्दर देखिए पनि पछि कुरूपसमेत बनाउन सक्छ । त्यसैले सकेसम्म प्राकृतिक मेकअप गर्नुपर्दछ ।

  • मेकअप गर्नुअघि छाला पूर्ण रूपमा सफा हुनुपर्छ । त्यसैले राम्रोसँग अनुहार सफा गरेर मात्र मेकअप गर्न जरुरी हुन्छ । अनुहार सफा गर्दा छालाको प्रकृतिअनुसारकै फेसवास प्रयोग गर्नुपर्छ । जस्तो पायो त्यस्तो फेसवासले छालामा संक्रमण गराउन सक्छ ।
  • छालाको प्रकृतिअनुसार मोस्चराइजर प्रयोग गर्नुपर्छ । बेलुकी सुत्नुअघि राम्रोसँग अनुहार सफा गरी नाइट क्रिमको प्रयोग गर्दा स्किनमा चमक ल्याउन सहयोग मिल्छ ।
  • कहिल्यै पनि हतारमा मेकअप गर्नुहुँदैन । जहिले पनि मेकअप गर्दा बेस राम्रोसँग बनाउन जरुरी हुन्छ । र, बिस्तारै प्रक्रिया पु¥याएर मेकअप गर्नुपर्छ ।
  • आँखावरिपरि कालो दाग छ भने फाउन्डेसनले छोपिदिनुपर्छ । लामो समय मेकअप टिकोस् भन्ने चाहनुहुन्छ भने वाटरप्रुफ प्रयोग गर्नुपर्छ । र, ड्रेसअनुसार मेकअपको कम्बिनेसन मिलाउन पनि आवश्यक हुन्छ ।

हामी उक्त साम्रागी नयाँ पत्रिका दैनिकबाट लिएका हौ ।