१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभाम शिक्षकको हत्या



अ+ अ-

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ चिर्खाङमा गोलीहानेर एक शिक्षकको हत्या भएको छ ।

मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।

बिहीबार राति शिक्षक राईमाथि गोली प्रहार भएको हो । विद्यालयमै बस्दै आउनु भएका राई राति खाना खाएर हात धुन बाहिर निस्किएपछि उहाँमाथि गोली प्रहार भएको शिक्षिका टिकामाया राईले जानकारी दिनुभएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालसहितको टोली र इलाका प्रहरी कार्यालय हेदाङनागढीको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।