६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोदोको बीउ पाउनै मुस्किल



अ+ अ-

बैतडी । पछिल्लो समय कोदो खेतीतर्फ किसानको आकर्षण घट्नुका साथै बीउ पाउनसमेत मुस्किल भएको छ । जिल्लामा कोदो बाली लोप हुने अवस्थामा पुगेको छ ।

पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन् । केहीले फाट्टफुट्ट रुपमा घरायसी प्रायोजनका लागि मात्र कोदोखेती गर्ने गरेको पाइन्छ । कुनै समय सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरामा प्रशस्त मात्रामा कोदोखेती गरिन्थ्यो । अहिले ती जिल्लामा कोदो लोप हुने अवस्थामा पुगेको छ । स्वास्थ्यका लागि निकै फाइदाजनक मानिएको कोदोखेतीतर्फ किसानको आकर्षण घट्दै गएको सुर्नया गाउँपालिका–३ का प्रेमसागर भट्ट बताउनुहुन्छ ।

आयातित खाद्यान्नमा पोषक तत्व कम पाइने भएकाले पछिल्लो समय बालबालिकामा कुपोषणबाट ग्रस्त भएको श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटले बताउनुभयो । कोदो, मादुरो, भटमासलगायत बालीको महत्वबारे जानकारी दिनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । “पुराना बालीमा पाइने पोषकतत्वका विषयमा ज्ञान नहुँदा लोप हुन थालेका हुन्”, उहाँले भन्नुभयो ।

दार्चुलाको लेकम गाउँपालिकाका गणेश कार्की कोदो, मादुरो, जौँलगायत बाली लगाउन किसानलाई प्रेरित गर्नुपर्ने बताउनुहुन्छ । “भैँसीपालन घटेसँगै यी बाली पनि लोप हुँदै गएका छन्”, उहाँले भन्नुभयो । कोदो खेतीतर्फ किसानलाई आकर्षित गराउन स्थानीय तहले विषेश योजना ल्याउनुपर्नेमा कार्कीले जोड दिनुभयो । अन्य खेतीभन्दा कोदोखेतीमा बढी मेहनत गर्नुपर्ने भएकाले पनि आकर्षण घट्दै गएको हो । बैतडीमा गत वर्ष ४६४ मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । जिल्लामा गत वर्ष करीब ३०० हेक्टरमा कोदोखेती गरिएको थियो ।