४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याउ बारीबाटै ढुवानी गरिने



अ+ अ-

बाजुरा । कृषकले उत्पादन गरेको स्याउ यस वर्ष बारीबाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्यक्रमअनुसार स्याउको बजार प्रवद्र्धन गर्ने उद्देश्यले स्याउ बारीबाटै ढुवानी गरिने भएको हो ।

बारीबाटै स्याउ ढुवानी गर्न कृषि ज्ञान केन्द्रले भदौ १७ गते सूचना जारी गरेको छ । सहकारी, कृषि फार्म, कृषक समूह, उद्यमी कृषकलगायतलाई स्याउ ढुवानी गर्नका लागि प्रस्ताव पेश गर्न केन्द्रले आह्वान गरेको छ । स्याउ ढुवानीकर्ताले ६०० क्विन्टल स्याउ ढुवानी गर्नुपर्नेछ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको स्याउबारीदेखि पिलुचौरसम्म ४०० क्विन्टल र जगन्नाथ गाउँपालिकाको स्याउबारीदेखि पिलुचौरसम्म १३० क्विन्टल स्याउ ढुवानी गर्न प्रतिकिलो १८ रुपैयाँ ५० पैसा ढुवानी अनुदान दिइने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बताउनुभयो ।

यस्तै बूढीनन्दा नगरपालिकाको कोल्टीबजारदेखि सदरमुकाम मार्तडीसम्म २० क्विन्टल स्याउ ढुवानी गर्न प्रतिकिलो १८ रुपैयाँ ९० पैसा तथा बूढीनन्दा नगरपालिकाकै पाण्डुसेनको हिमाली स्कूलदेखि मार्तडीसम्म ५० क्विन्टल स्याउ ढुवानी गर्न प्रतिकिलो १३ रुपैयाँ ५ पैसामा ढुवानी अनुदान दिइने जैशी बताउनुहुन्छ । बूढीनन्दा नगरपालिका तथा स्वामीकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकामा यस वर्ष स्याउ उत्पादनमा वृद्धि भएको छ । ढुवानी समस्याका कारण कृषकलाई स्याउ बिक्री गर्न समस्या हुने गरेको छ । जिल्लामा २२० हेक्टरमा स्याउखेती हुने गरेको छ ।