६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगरपालिका केन्द्र विवादमा झडप : एकको मृत्यु



अ+ अ-

धनुषा । धनुषाको हंसपुर नगरपालिकामा केन्द्रको बिषयलाई लिएर झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । स्थानिय ५५ बर्षिय तपेश्वर मण्डलको मृत्यु भएको हो ।

गत साउन २१ गते मेयर रामज्ञान मण्डलले कार्यालय सार्न खोज्दा झडप भएको थियो । सोही झडपमा मेयर पक्षधर र प्रहरीको कुटाइबाट मण्डल घाइते हुँदा जनकपुर अंचल अस्पतालमा भर्ना भएका थिए ।

उपचारकै क्रममा बुधबार साँझ ७:३० बजे मण्डलको मृत्यु भएपछि हंसपुरबाट आएका स्थानीयहरूले जनकपुर अञ्चल अस्पताल मूल गेटमा राति नै प्रदर्शन गरेका छन् ।

उनीहरू कुटपिटमा संलग्न मेयरसहितलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । मृतक मंडलको शव अहिले अञ्चल अस्पतालमा राखिएको छ । राति देखी नै अस्पतालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

मृतक परिवारजनका अनुसार दोषीलाई कारबाही र क्षति पूर्तिको व्यवस्था न गरुन्जेल लास न बुझ्ने बताएका छन् ।