२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय कुमारसँग डेब्यु गर्दै पूर्वमिस वर्ल्ड मानुषी



अ+ अ-

अक्षय कुमार अहिले आफ्नो ‘फिल्म मिसन मंगल’को सफलतामा रमाइरहेका छन्। भर्खरै आएको खबरअनुसार उनलाई यश राज फिल्मस्को ब्यानरमा बन्ने नयाँ ऐतिहासिक फिल्मको अफर आएको छ।

यो फिल्म भारतका महान् राजा पृथ्वीराज चौहानको जीवनीमा आधारित हुनेछ। फिल्म ‘पृथ्वीराज चौहान’को कास्टिङ लगभग तय भइसकेको छ।

मुख्य भिलेन मोहम्मद गौरीको रोलमा मानव विज देखिनेछन्। फिल्ममा पृथ्वीराज चौहानको पराक्रम देखाइने छ। संयोगिताको भूमिकामा सन् २०१७ की मिस वर्ल्ड मानुषी छिल्लरलाई खेलाइँदै छ।

मानुषी अहिले डान्स र एक्टिङका वर्कसपमा भाग लिइरहेकी छन्।