६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती प्रधानमन्त्री जो जोनसनले राजीनामा दिए



अ+ अ-

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनका भाइ जो जोनसनले सांसद र राज्यमन्त्रीबाट राजीनामा दिएका छन्।

अक्टोबर ३१ सम्म सम्झौता (डिल) भए पनि नभए पनि युरोपियन युनियनबाट छुट्टिने ९ब्रेजिक्ट० वाचा गरेका बोरिसको उक्त योजनामा संसद तगारो बनेको छ। उनको कन्जरभेटिभ पार्टीका सांसद ब्रेजिक्टको विरोधमा उभिएका छन्। सांसदहरू विपक्षमा उभिएसँगै जोनसनले हाउस अफ कमन्समा रहेको सामान्य बहुमत गुमाएका छन्। यही संकटका बीच बोरिसका भाइ जोले बिहीबार सांसद र मन्त्रीबाट राजीनामा दिएका हुन्।

जो सन २०१० देखि लगातार सांसद हुँदै आएका छन्। थेरेसा मेको सरकारमा पनि उनी मन्त्री थिए। बीचमा उनले मे सरकारको मन्त्रीबाट राजीनामा दिएका थिए। गत जुलाईमा दाजु बोरिस प्रधानमन्त्री भएपछि जो व्यापार तथा शिक्षा मन्त्रालय जुनियर मन्त्री बनाइएका थिए।