• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

७३ बर्षको उमेरमा जुल्याह छोरी पाउने आमा ?



काठमाडौं । भारतको आन्द्र प्रदेशको गुटुर जिल्लाकी ७३ बर्षीया एक महिलाले जुम्ल्याहा बालिकाको जन्मदिएपछि संसार भर नयां तरंग उत्पन्न भएको छ ।

७३ बर्षीया यरामती मंगायम्माले हिजो बुधबार अस्पतालमा दुई बच्चालाई सिजरिड गरेर सकुसल जन्मदिएको अस्पतालले जानकारी दिएको छ । डाक्टर उमा शंकरले अपरेशन गरी दुवै बालिकालाई सकुशल जन्मदिन सफल भएको बीबीसीले जनाएको छ । बच्चाको अवस्था सामान्य रहेपनि अझै २१ दिन ती बालिका चिकित्सकको निगरानीमा अस्पतालमा नै रहने भएका छन ।

जुम्ल्याह बच्चाको जन्मदिने बृद्ध महिलाको वल्र्ड रेकडमा यरामतीको नाम लेखिएको बीबीसीले जनाएको छ । यस अघि स्पेनकी मारिया डेल कार्मेन बाउसाडा लाराको नाममा बिश्व रेकर्ड कायम रहेको थियो । उनले सन २००६ मा ६६ बर्षको उमेरमा जुम्ल्याह बच्चालाई जन्म दिएकी थिईन ।