१५ भाद्र २०८३, सोमबार
,
Latest
पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग



फाइल फोटो
अ+ अ-

काठमाडौं । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले स्वर्गीय आमाको स्मृतिमा बाढीपीडितको उद्धार तथा राहतका लागि आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख ११ हजार १११ सहयोग गर्नुभएको छ ।

प्राकृतिक विपद्का बेला भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले आमाको स्मृतिमा स्थापित राजुदेवी मल्ल स्मृति प्रतिष्ठानमार्फत कोषमा रकम जम्मा गर्नुभएको हो ।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै मल्लले विभिन्न विपद् तथा सङ्कटका समयमा सहयोग गर्दै आउनुभएको छ । यसअघि कोभिड-१९ महामारीका बेला पनि उहाँको पहलमा महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन उपलब्ध गराएर नागरिकको उपचार सहज बनाउन सक्रिय भूमिका निभाउनुभएको थियो ।

साथै मल्लले कोरोनाको पहिलो कहरका बेला भारतबाट गड्डाचौकी नाका हुँदै स्वदेश फर्किने नागरिकका लागि भोजनको व्यवस्थापमा गर्नुभएको थियो । पछिल्ला केही वर्षयता उहाँले प्रतिष्ठानमार्फत विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । उहाँले विपद्का बेला प्रभावित नागरिकलाई राहत पुर्याउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।