काठमाडौं । नेकपा एमाले केन्द्रिय कमिटीले बाढीपीडितको सहयोगार्थ पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
सोमबार च्यासलमा आयोजित कार्यक्रममा एमाले केन्द्रिय कमिटीका तर्फबाट बाढीपीडितको राहत तथा सहयोगका लागि अध्यक्ष ओलीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि एमालेले राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ ।
चेक हस्तान्तरण कार्यक्रम २०८३ भदौ १५ गते च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको हो।









