१४ भाद्र २०८३, आईतवार
,
Latest
रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती



अ+ अ-

काठमाडौँ। चीन र नेपालको सीमावर्ती क्षेत्रमा अवस्थित केरुङ नाकामा गएको भीषण पहिरोमा परी हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सिजाङको आपतकालीन व्यवस्थापन विभागकाअनुसार शनिवार बिहान १ बजेसम्मको विवरणअनुसार ५ सय ५४ जना अझै बेपत्ता रहेका छन् ।

विपत्ति लगत्तै उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएका छन् । उद्धारकर्ताहरू कम्मरसम्म आउने बाक्लो हिलो र लेदो छिचोल्दै पहिरोग्रस्त क्षेत्रको मुख्य भागसम्म पुग्ने प्रयास गरिरहेका छन् । कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती थपिएको अधिकारीहरूले बताएका छन् ।

चीनको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने यो नाका नेपालसँगको व्यापारका लागि महत्वपूर्ण बिन्दु मानिन्छ । पहिरोका कारण भएको जनधनको क्षतिको विवरण संकलन गर्ने र बेपत्ताहरूको खोजी गर्ने कार्यलाई स्थानीय प्रशासनले तिब्रता दिएको छ ।  सिन्ह्वा/ न्युज एजेन्सी नेपाल