१४ भाद्र २०८३, आईतवार
,
Latest
उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार



अ+ अ-

काठमाडौँ । शुक्रबार रास्वपाका सांसद सागर ढकाल हेलिकप्टर चढेर बाढी प्रभावित क्षेत्रमा पुगेको फोटो फेसबुकमा राखे । उनी आफैले लेखेको फेसबुक स्टाटसमा त्रिशूली ३ ‘ए’ हाइड्रोपावरको सुरुङमा फसेकाहरूको उद्धारका लागि आफू त्यहाँ पुगेको बताएका थिए ।

उनले फोटो सेल्फी लिइएको राखेका थिए । अनि, निर्माण क्षेत्रमा काम गर्नेजस्तो गरी मजदुरको पोशाक पनि लगाएका थिए । तर, भित्र भने सुटेड बुटेड थिए । त्यस लगत्तै उनको त्यो तस्बिरमाथि नकारात्मक कमेन्ट पनि सुरु भएको देखिन्छ । उनले आफ्नो तस्बिर सार्वजिक गरेपछि त्यसमाथि धेरै आलोचनाहरु भएको थियो ।

आलोचनामा भनिएको छ— त्यस क्षेत्रका सांसद तथा जनप्रतिनिधिहरु जिल्ला जान पाएका छैनन् । नेपाली सेनाको समन्वयमा मात्र हेलिकोप्टर उडेका छन् । निजी कम्पनीका हेलिकोप्टरहरु पनि प्रभावित क्षेत्रमा जो पायो त्यसैले उडाएर लान पाएको छैन । जस्तो कि रसुवाका सांसद मोहन आचार्यले पनि हेलिकोप्टर नपाएर धुन्चे पुगेर हिँडेरै घटनास्थलमा पुगे । तर यी रास्वपाका चटके सांसदले त्यहाँ जाने हेलिकोप्टर कहाँबाट पाए ? भनेर आलोचना गरेका छन् ।

त्यस्तै कतिपयले यी चटके पुग्नुभन्दा त बुरु त्यो हेलिकोप्टरमा उद्धारकर्मी पुगेका भए हुन्थ्यो नि भनेका छन् । यस्ता टुरिस्ट सांसद्हरु अहिले घटनास्थलमा छ्याप्छ्याप्ती छन् । कहिले आशिका तामाङ त कहिले ज्वाला संग्रौलाका चटक देखेका देख्यै छौँ । फेसबुकमा तिनका फोटो र भिडियो हेर्दा पनि लाजै लाग्ने अवस्था रहेको देखिएको छ । तिनैको सिको गरेर आज शनिबार त उच्च अधिकारीहरूको पनि धेरैतिर भिड देखिन थालेको छ ।

आँखामा कालो चश्मा र शरीरमा उस्तै टल्किने पहिरन लगाएर शुक्रबार नै रास्वपाका अर्का नेता हिमेश पन्तले पनि फेसबुकमा फोटो राखे । उनीसँगै थिइन् रास्वपाकी संघीय सांसद रिमा विश्वकर्मा पनि । त्यस्तै काभ्रेका रास्वपाकै सांसद बदन भण्डारी पनि थिए त्यो तस्बिरमा ।

उनीहरुले बडो पोज दिएर मानौँ कि कुनै फिल्मको सुटिङमा जाने जस्तो गरेर फोटो फेसबुकमा राखेका छन् । तस्बिर हेर्दा लाग्छ– उनीहरु कुनै विपदको उद्धारमा गएका छैनन् । उनीहरु ठूलै उत्सव मनाउन ठाँटका साथ त्यहाँ पुगेका छन् । बाढीग्रस्त क्षेत्रको चित्कार र त्यहाँका नागरिकको पीडाले उनीहरुलाई छोएको छैन, किनभने उनीहरु तस्बिारमा बडो मुस्कुराएका छन् ।

उनीहरु फेसबुकमा आफ्ना बारेका कमेन्ट हेर्छन् हेर्दैनन् थाहा छैन, तर उनीहरुका बारेमा राम्रा कमेन्ट पटक्कै आएका छैनन् ।

प्रेस काउन्सिलका सदस्य रबिराज बरालले पनि विपद्को बेला भीड आफैँमा अर्को विपद् भएको जनाउनु भएको छ ।

उहाँले सामाजिक संञ्जलमा लेख्नुभएको छ ।

विपद्को बेला भीड आफैँमा अर्को विपद् हो ।

अहिले रसुवा र नुवाकोटका बाढी प्रभावित स्थानमा चाहिएको के हो ? उद्धार, व्यवस्थापन, सही सूचना र उपचार। यी काम गर्ने मान्छे तोकिएकै छन्:

› उद्धार र राहतका लागि प्रहरी र सेना जाऊन् ।

› व्यवस्थापनका लागि स्थानीय सरकार र प्रशासन जाऊन्।

› के भइरहेको छ र के गर्न सकिन्छ भन्ने रिपोर्टिङ गर्न पत्रकार जाऊन्।

› अत्यावश्यक स्वास्थ्य सेवाका लागि चिकित्सक र स्वास्थ्यकर्मी जाऊन्।

› अलि पछि, अध्ययनका लागि भूगर्भशास्त्री र वैज्ञानिक पनि जाऊन्।

› सबैभन्दा पहिले पुग्ने त छिमेकी हो, स्थानीय हो — तिनलाई कसैले जाऊ भन्नुपर्दैन, तिनी पहिल्यै त्यहीँ छन्।

यो सूचीमा नपर्नेहरूको सबैभन्दा ठूलो योगदान भनेको — त्यहाँ नजानु हो।

न भूगोल थाहा छ, न खास प्रयोजन छ।

कुनै उत्सव वा पार्टीमा लगाउने जस्तो पोशाक लगाएर, आफैँलाई हात समातेर उद्धार गर्नुपर्ने अवस्थामा पुगेर सुरक्षा निकाय र प्रशासनलाई अनावश्यक

रूपमा व्यस्त बनाउने काम कसका लागि हो ?

हेलिकप्टर सीमित छन्। बाटो साँघुरो छ। जनशक्ति सीमित छ। समय झन् सीमित छ।

सहयोग गर्ने मन छ भने बाटो छाडिदिनुहोस्। त्यो पनि उद्धार हो।

यस्तै यस्तै सेलिब्रेटी र काम नपाएका विशेषगरी रास्वपाका सांसदहरुले यता संसद बन्द गरेर घट्नास्थलमा पुग्दा उद्धारकै काममा पनि निकै कठिन भएको महसुस भएको उद्धारकर्मीहरुले बताउन थालेका छन् ।

उता सरकार त्रिशुली पारि तर्न नसकेका अनगिन्ती गुनासाहरु सामाजिक सञ्जाल र मिडियामा छाइरहेका छन् । तर यता यी बेकामे सेलिब्रेटीहरु भने उद्धारका नाममा बाढी प्रभावित क्षेत्रमा पुगेर तस्बिर पोस्ट्याउने प्रतिस्पर्धामा छन् ।

सरकार त्रिशुलीमा थुप्रिएको छ । प्रधानमन्त्रीदेखि लिएर सञ्चारमन्त्रीसम्मले त्यो भन्दा पर जान सकेका छैनन् । तर बढी मात्रामा प्रभावित भएको र बजार नै बढारेर लगेको क्षेत्र भनेको रसुवा हो ।

त्यहाँका नागरिकहरुले वास्तविक रुपमा राहत पाउन नसकेको गुनासो गरिरहेका छन् । नेपाली सेनाले उद्धारको समन्वय गरिरहेको छ र प्रहरी उसको पछि पछि छ । कतिपय स्थानमा त उद्धारको काम भइरहेको छ, देशका सुरक्षाकर्मीहरुले आफ्ना बुताले भ्याएसम्म काम गरि नै रहेका छन् ।

तर, त्यो उद्धार रसुवामा पर्याप्त छैन । रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार गर्ने र राहत प्रदान गर्ने काम वास्तविक रुपमा हुन नसकिरहेको त्यहाँका स्थानीय निकायका प्रतिनिधिहरुले पनि बताइरहेका छन् ।

धेरै जलविद्युत आयोजनाहरु त्यहाँ रहेका र ती आयोजनाका सुरुङ मार्गहरुमा अझै पनि कर्मचारीहरु नै फसेर रहेको अवस्था छ । उनीहरुका आफन्तले त्यो गुहार सामाजिक सञ्जालबाट मागिरहेका छन् ।

त्यसैले सरकार यता त्रिशुलीमा थुप्रिन भन्दा त्यता छिटै पुग्नुपर्यो । त्यहाँको अवस्था निकै भयावह भएकाले पहिला त्यहाँ पुगेर उद्धार र त्यसपछि राहतका लागि टेन्ट पनि खडा गर्नुपर्यो । सबै जनता र त्यहाँका पीडित परिवारको माग यही छ ।