१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन



अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ५३८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले शुक्रबार दिउँसो ३ बजेसम्म विभिन्न जिल्लाबाट प्राप्त विवरणअनुसार ५३८ जनाको शव फेला परेको जनाएको हो ।

प्राधिकरणका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी पूर्वमा १३४, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा २२१ जनाको शव फेला परेको छ । गोरखामा फेला परेका शवमा विभिन्न मानव अङ्गसमेत रहेका छन् ।

बाढीपछि हालसम्म ९७७ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार जना छन् । यस्तै, रसुवाका १६१, नुवाकोटका एक र मकवानपुरका ६६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । सम्पर्कविहीनमध्ये ५१७ जना विदेशी नागरिक र विदेशमा बसोबास गर्ने १२७ जना नेपाली नागरिक रहेका छन् ।

बाढीमा परी ७३ जना घाइते भएका छन् । घाइतेमध्ये रसुवाका ४३, धादिङका तीन र नुवाकोटका २७ जना छन् । बाढी प्रभावित क्षेत्रबाट हालसम्म ३ हजार ७४२ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २५ जना विदेशी नागरिक रहेका छन् ।

खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका गरी १४ हजार ८२९ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाल प्रहरीका ४ हजार ४७३, नेपाली सेनाका ६ हजार ६९८ र सशस्त्र प्रहरी बलका ३ हजार ६५८ जना छन् । उद्धार तथा राहतका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरबाट हालसम्म ७८ वटा हवाई उडान भएका छन् ।

बाढी प्रभावित जिल्लामा राहत वितरणलाई पनि तीव्रता दिइएको छ । सरकारले रसुवालाई एक करोड, नुवाकोटलाई एक करोड र धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्ल्याङ्केटलगायत सामग्रीसहित १० ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । थप २० ट्रक खाद्य तथा गैरखाद्य सामग्रीसमेत पठाइएको प्राधिकरणले जनाएको छ ।

प्रभावित क्षेत्रमा सञ्चार सेवा सहज बनाउन सञ्चार सेटहरू पठाइएको छ भने हेलिकप्टरमार्फत चार वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्रीसमेत पुर्‍याइएको छ ।

बाढी प्रभावित क्षेत्रमा इन्धन अभाव हुन नदिन नुवाकोटका भैरवी, सुर्यमती र पञ्चकन्या आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको प्राधिकरणले जनाएको छ । नुवाकोटमा ९ हजार लिटर हवाई इन्धनसमेत मौज्दात रहेको र थप आवश्यक परे तत्काल पठाउने व्यवस्था मिलाइएको छ ।

प्राधिकरणका अनुसार सम्पर्कविहीन विदेशी नागरिक तथा विदेशमा बस्ने नेपाली, उपचाररत व्यक्ति र हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरूको विवरण प्राधिकरणको फेसबुक पेज तथा वेबसाइटमा उपलब्ध गराइएको छ । उक्त विवरण जिल्ला प्रशासन कार्यालय, जिल्ला तथा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त सूचनाका आधारमा तयार गरिएको प्राधिकरणले जनाएको छ ।