१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार



अ+ अ-

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि नेपाली सेनाले उद्धार कार्यलाई तीव्र बनाएको छ । शुक्रबार दिउँसो ३ बजेसम्म नेपाली सेनाका हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका प्रभावित क्षेत्रबाट ४० जना विदेशी नागरिकसहित ७०६ जनाको उद्धार गरिएको छ ।

उद्धार गरिएका विदेशी नागरिकमा २९ जना भारतीय, चार जना जर्मन, चार जना चिनियाँ, दुई जना कोरियन र एक जना ओमानी नागरिक रहेका छन् ।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको करिब ४ हजारभन्दा बढी फौज परिचालन गरिएको छ । उनीहरूले प्रभावित क्षेत्रमा बेपत्ता तथा घाइतेहरूको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरणलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन् ।

सेनाले टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका क्षेत्रमा हेलिकप्टरबाट उद्धारसँगै स्थलमार्गबाट समेत खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ । यसअघि पनि सेनाका हेलिकप्टरले टिमुरे क्षेत्रलगायतबाट ठूलो संख्यामा नागरिकको उद्धार गरेका थिए ।

बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, घाइतेलाई उपचारका लागि स्वास्थ्य संस्थामा पुर्‍याउने र तत्काल आवश्यक खाद्यान्न तथा राहत सामग्री वितरण गर्ने कार्य पनि सँगसँगै भइरहेको छ ।