११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला



अ+ अ-

काठमाडौं। रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीका कारण हालसम्म ३ सय ५९ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बिहीवार साँझ ६ः२० बजेसम्म ३ सय ५९ वटा शव फेला परेको जानकारी दिनुभएको हो । उहाँका अनुसार चितवनमा सबैभन्दा धेरै १ सय ३२ शव फेला परेका छन् ।

त्यस्तै, धादिङमा ३३, नुवाकोटमा २८, रसुवामा १७, गोर्खामा ३०, विभिन्न अङ्गहरु समेत गरेर नवलपरासी पूर्वमा ८२, नवलपरासी पश्चिममा १५ र तनहुँमा २२ शव फेला परेको प्रवक्ता महतले जानकारी दिनुभयो ।

उहाँले बाढीमा परि अहिलेसम्म ९ सय १० जना रहेको तथ्यांक प्राप्त भएको समेत बताउनुभयो । प्रवक्ता महतका अनुसार सम्पर्कविहीन हुनेमा ५ सय १७ जना विदेशी नागरिक रहेका छन्

। त्यसैगरी, नेपाल प्रहरी २८, नेपाली सेना ४४, सशस्त्र प्रहरी बल १३, भन्सार कार्यालयका १५ जना कर्मचारी, अध्यागमन कार्यालयका ४ जना कर्मचारी समेत सम्पर्कविहीन भएका छन् ।

उहाँले बाढीका ७३ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको समेत जानकारी दिनुभयो । उहाँले विपद्पछिको खोज, उद्धार र राहतका लागि १३ हजारभन्दा बढी सुरक्षाकर्मीहरु फिल्डमा खटिएको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले सम्मको हामीलाई प्राप्त अध्यावधिक विवरण अनुसार मानवीय क्षतितर्फ ३ सय ५९ वटा शव फेला परेको छ । त्यसमध्ये धादिङमा ३३, नुवाकोटमा २८, रसुवामा १७, गोर्खामा ३०, विभिन्न अङ्गहरु समेत गरेर नवलपरासी पूर्वमा ८२, नवलपरासी पश्चिममा १५, तनहुँ २२ र चितवनमा १ सय ३२ गरेर ३ सय ५९ शवहरु फेला परेको छ । सम्पर्कविहीन ९ सय १० जना रहनुभएको जानकारी आएको छ ।

सम्पर्कविहीन हुनेमा विदेशी नागरिक ५ सय १७ जना हुनुहुन्छ । त्यसैगरी, नेपाल प्रहरी २८ जना, नेपाली सेना ४४ जना, सशस्त्र प्रहरी बल १३ जना, भन्सार कार्यालयका १५ जना कर्मचारी, अध्यागमन कार्यालयका ४ जना रहनुभएको छ ।

रसुवामा अन्य १ सय ६१ जना, नुवाकोटमा १ जना गरेर सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । बाढीमा परी ७३ जना घाइते हुनुहुन्छ । रसुवामा ४३, धादिङमा ३, नुवाकोटमा २७ जना घाइते भएको तथ्यांक प्राप्त भएको छ ।

खोज र उद्धारका लागि हिजोदेखि नै राज्यका संयन्त्रहरु परिचालित हुनुहुन्छ । अहिलेसम्म १३ हजार २ सय ५ जना सुरक्षाकर्मीहरु फिल्डमा खटिनुभएको छ ।’

उहाँले विपद्पछि खोज, उद्धार र राहतमा राज्य संयन्त्र सम्पूर्ण शक्तिसहित परिचलित भएको बताउनुभयो ।