११ भाद्र २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो



अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोसीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ।

नेपाल प्रहरीका अनुसार चितवनमा मात्रै १०८ जनाको शव फेला परेको छ। त्यस्तै, पूर्वनवलपरासीमा ६२, धादिङमा २७, रसुवामा १७, पश्चिम नवलपरासीमा १५, नुवाकोटमा १२, तनहुँमा ९ र गोरखामा २० जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ५२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा २६, ट्रमा सेन्टरमा २०, वीर अस्पतालमा २, नर्भिक अस्पतालमा २, मनमोहन अस्पतालमा १ र वीरेन्द्र सैनिक अस्पतालमा १ जनाको उपचार भइरहेको छ।

त्यस्तै, उपचारपछि १४ जना डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।

बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।