काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक भर्खरै सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादवलगायनका नेता सहभागी हुनुहुन्छ । आज दिउँसो २ बजे डाकिएको बैठक ढिलो गरी सुरु भएको हो । प्रधानमन्त्री देउवा ज्यापु दिवसको कार्यक्रममा व्यस्त हुनुभएकाले निर्धारित समयमा बैठक बस्न सकेको थिएन ।
निर्धारित समयमा बैठक सुरु नभएपछि समयमै बालुवाटार पुग्नुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष बैठक सुरु नहुँदै बालुवाटारबाट बाहिरिनुभएको थियो ।
आजै बेलुका ४ बजे प्रधानमन्त्री देउवाले एमसीसीलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठकको आह्वान गर्नुभएको छ । सर्वदलीय बैठक बस्नुअघि साझा धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक डाएिको बताइएको छ ।