१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार



अ+ अ-

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा फसेका बाढीपीडितको उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो। उद्धार गरिएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा ल्याइएको सेनाले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ।

यसैगरी, नेपाली सेनाको मेडिकल टिमले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सञ्चालन गरिरहेको छ। बाढीबाट प्रभावित तथा उद्धार गरिएका व्यक्तिलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने कार्य भइरहेको सेनाले जनाएको छ।