५ पुष २०८२, शनिबार
,
Latest
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु युक्रेनबारे अमेरिकाको मियामीमा हुने वार्तामा रुस सहभागी हुने यौनजन्य दुर्व्यवहार रोक्न ‘आचारसंहिता’ बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाझ्दा कप: उज्वेकिस्तानसँग नेपाल २–० ले पछि



अ+ अ-

काठमाडौं । किर्गिस्तानमा जारी नाझ्दा कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपाली महिला टोली अहिले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। ६३ औं मिनेटको खेल चलिरहँदा नेपाल २–० ले पछि छ । पहिलो हाफमा नेपाल १–० ले पछि परेको नेपालले दोस्रो हाफको केहिबेर पछि नै अर्को गोल खाएको हो ।

उज्वेकिस्तान महिला टोलीले ३४औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। नेपाली महिला टोलीले अर्को गोल ५१औं मिनेटमा खाएको हो । यसअघि आइतबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोल अन्तरले पराजित गरेको थियो। उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० ले पराजित गरेको थियो।

गोल अन्तरका आधारमा नेपाल दोस्रो स्थानमा रहेको छ। चार टोली सम्मिलित प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन्।