१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाझ्दा कप: उज्वेकिस्तानसँग नेपाल पराजित



अ+ अ-

काठमाडौं । किर्गिस्तानमा जारी नाझ्दा फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला टोली उज्वेकिस्तानसँग पराजित भएको छ। सोमबार भएको खेलमा नेपाल २–० पराजित भएको हो।उज्वेकिस्तानको जितमा

६३ औं मिनेटको खेल चलिरहँदा नेपाल २–० ले पछि छ । पहिलो हाफमा नेपाल १–० ले पछि परेको नेपालले दोस्रो हाफको केहिबेर पछि नै अर्को गोल खाएको हो ।

पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफको सुरुवातमै अर्को गोल खाएको थियो। उज्वेकिस्तान महिला टोलीले ३४औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। नेपाली महिला टोलीले अर्को गोल ५१औं मिनेटमा खाएको हो । यसअघि आइतबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोल अन्तरले पराजित गरेको थियो। उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० ले पराजित गरेको थियो।

गोल अन्तरका आधारमा नेपाल दोस्रो स्थानमा रहेको छ। चार टोली सम्मिलित प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन्।