१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका राष्ट्रपतिद्वारा बधाई



अ+ अ-

बेइजिङ । उत्तर कोरियाको स्थापना दिवसको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ अनलाई सोमबार बधाई दिएका छन् । उत्तर कोरियाको ७१ औं स्थापना दिवसको उपलक्ष्यका सीले बधाई दिएका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्र्टी (सिपिपी) केन्द्रीय कमिटीका महासचिव पनि भएका सीले किमलाई दिएको आफ्नो सन्देशमा चिनियाँ सरकार र चिनियाँ जनताको तर्फबाट हार्दिक बधाई दिएका छन् ।

उत्तर कोरियाको स्थापना भएदेखि नै समाजवादी क्रान्ति र निर्माणको क्रममा निरन्तर प्रगति गरिरहेको छ, सीले बताएका छन् । चीन र उत्तर कोरियाबीच लामो समयदेखि मित्रता र सहकार्य जारी छ ।