काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले बरामद गरेको चोरीका १८ वटा मोटरसाइकल सम्बन्धी धनीलाई बुझाएको छ ।
महाशाखाका नयाँ प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार वितरण गरिएका मोटरसाइकलमा पल्सर, स्प्लेन्डर, होण्डा साइनलगायत छन् । ती मोटरसाइकल मंग्लबजार, पुतलीसडक, कालिमाटी, तिनचुली लगायतका स्थानबाट हराएका थिए ।
चोरीमा संलग्न भएको आरोपमा ३ जना पक्राउ पनि परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका प्रदीप खड्गी, रोशन खड्का र चितवनका अन्जन विक छन् ।
थप अनुसन्धान भइरहेको बताइएको छ ।