१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिकोटका ६ जना विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकको छात्रवृत्ति



अ+ अ-

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कालिकोटको कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

बैंकले विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताको आधारमा गरीव, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवासीलाई एसईई पास भई काठमाडांैंमा अध्ययन गर्न इच्छुक ६ जना विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी ३ लाख वित्तीय सहयोग स्वरुप चेक प्रदान गरेको हो ।

उक्त चेक मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल गुरुङ्गले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेक राज शाहीलाई हस्तान्तरण गरे ।