१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

असोज अन्तिम साता देखी वुमेन्स च्याम्पियन्स लिग



अ+ अ-

काठमाडौं । वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी–२० क्रिकेट प्रतियोगिता आगामी असोज २९ देखि हुने भएको छ । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले डब्लुसिएलमा कार्तिक ७ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा संचालन गर्ने नयाँ मिति घोषणा गरेको हो।

प्रालिले दशैं र तिहारको बीचमा प्रतियोगिता गर्न लागेको हो। प्रतियोगिताका लागि पाँच टिमले ड्राफ्टमार्फत खेलाडी भित्र्याइसकेका छन्। ड्राफ्टमार्फत प्रत्येक टिमले ११/११ खेलाडी आफ्नो टिममा भित्र्याएका थिए ।

यस्तै १/१ जना खेलाडी मार्कीको रुपमा टिममा आबद्ध छन् । अब २ जना खेलाडी वाइल्ड कार्ड इन्ट्रीमार्फत भित्र्याइ प्रत्येक टिममा १४/१४ खेलाडी बनायैने छ । प्रतियोगितामा पाँच शहरका पाँच टिमले प्रतिस्पर्धा गर्दैछन् ।

पाँच टिम र मार्की खेलाडी
१. चितवन राइनोज – मिंग्मा डण्डु शेर्पा (स्वामित्व), इन्दु बर्मा (मार्की खेलाडी)
२. क्यापिटल्स रोयल्स काठमाडौं – दीपा अग्रवाल (स्वामित्व), रुबिना क्षेत्री (मार्की खेलाडी)
३. पोखरा पल्टन – बिनायक पोखरेल (स्वामित्व), सीता रानामगर (मार्की खेलाडी)
४. ललितपुर फाल्कोन्स – श्रीजना जोशी (स्वामित्व), नेरी थापा (मार्की खेलाडी)
५. विराटनगर टाइटन्स – पारस लुनिया (स्वामित्व), सरिता मगर (मार्की खेलाडी)