१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट : नेपालले भोलि चाइनिज ताइपेसँग खेल्दै



अ+ अ-
फाइल फोटो

काठमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालले मंगलबार चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ । ताइपेका रंगशालामा नेपालले घरेलु टोलीसँग मंगलबार साँझ प्रतिस्पर्धा गर्नेछ ।

नेपालले भदौ १९ गते कुवेतसँग भएको विश्वकप छनोटको आफ्नो पहिलो खेलमा ७–० गोलको हार ब्यहोरेको थियो । अंक खोस्ने लक्ष्यको साथमा कुवेत पुगेको नेपाली फुटबल टिमले फराकिलो अन्तरले हार ब्यहोरेपछि सबैले आलोचना गरेका थिए ।

तर यतिबेला नेपाली टिम त्यो आलोचनालाई मेटाउने लक्ष्यमा छ । तर तुलनात्मक रुपमा नेपाल भन्दा चाइनिज ताइपे बलियो टिमकै रुपमा गनिन्छ । गत जुनमा नेपालले चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल खेलको थियो । जुन खेलमा नेपालले १–१ गोलको बराबरी खेल्यो ।