१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एप्पलले भोलि आइफोन सिरिज सार्वजनिक गर्दै



अ+ अ-

अमेरिकी टेक कम्पनी एप्पलले भोलि आइफोन सिरिज सार्वजनिक गर्दैछ । एप्पल स्पेशल इभेन्ट भोलि राति १०ः ४५ बजेबाट सुरु हुने जानकारी गराइएको छ, जहाँ कम्पनीले आइफोन ११, आइफोन ११ आर र आइफोन ११ म्याक्सका साथै आईओएस १३ सार्वजनिक गर्नेछ ।

एप्पलले यस इभेन्टमा आफोन सिरिज मात्रै नभई अन्य प्रोडक्टसहरु पनि सार्वजनिक गर्ने भएको छ । एप्पल वाच, एप्पल टिभी र सफ्टवेयर अपडेट्स लगाएत पनि सार्वजनिक गर्ने भएको हो । यसै इभेन्टमार्फत कम्पनीले म्याकबुक प्रो पनि सार्वजनिक गर्दैछ ।

यस नयाँ आइफोनमा पनि फेस आइडी हुनेछ, त्यस्तै नाँच पनि हुनेछ । आइफोन ११ को दुई भेरियन्टसमा तीन रियर क्यामेरा दिइनेछ । त्यस्तै आइफोन एक्सआरको सक्सेसरमा दुई रियर क्यामेरा दिइनेछ ।