७ भाद्र २०८३, आईतवार
,
Latest
युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण दुर्घटनामा एक जनाको मृत्यु पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टी प्रतिपक्षको भुमिकामा रहेकाले संसदमा जनसरोकारका विषयलाई सशक्त ढंगले उठाउन पार्टीका नेता तथा कार्यकर्ताहरू सुसूचित हुनुपर्ने बताउनुभएको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आईतवार आयोजित ‘सुवर्ण शम्शेर इकोनोमिक सिरिज’ मा बोल्दै सभापति थापाले यस्तो बताउनुभएको हो ।

उहाँले संसदीय जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न र नीतिगत विषयमा स्पष्ट हुनका लागि यस्ता छलफलहरू महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले पार्टीका नेताहरू यस्ता बौद्धिक र समसामयिक विषयमा शिक्षित हुनुपर्ने र नयाँ विषयवस्तुबारे जानकारी राख्नुपर्नेमा जोड दिनुभयो । यस्ता कार्यक्रमले कार्यकर्ताको जिज्ञासा र रुचि बढाउने उहाँको विश्वास छ ।

सभापति थापाले भन्नुभयो, ‘हामी अहिले प्रतिपक्षको जिम्मेवारीमा छौँ र संसदमा हाम्रा केही निश्चित उत्तरदायित्वहरू छन् । ती जिम्मेवारीलाई कसरी कुशलतापूर्वक निर्वाह गर्ने भन्ने विषयमा गम्भीर छलफल आवश्यक छ । आजको छलफलबाट साथीहरूले थप जानकारी प्राप्त गर्नुहुनेछ भन्ने मेरो विश्वास छ । यसले भोलिका दिनमा विभिन्न विषयमा व्यापक दृष्टिकोण बनाउन मद्दत पुग्नेछ ।’

उहाँले कार्यक्रममा उठाइएका विषय र प्राप्त सुझावहरूलाई संसदमा पु¥याइने बताउनु भयो ।– न्युज एजेन्सी नेपाल