७ भाद्र २०८३, आईतवार
,
Latest
युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण दुर्घटनामा एक जनाको मृत्यु पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी



अ+ अ-

काठमाडौँ।  नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान सरकार संसद र जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाउनुभएको छ ।

जनकपुरधाममा आयोजित नेपाली काँग्रेसको १५ औँ महाधिवेशन लक्षित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता निधीले सरकारले संसदीय गरिमा र जवाफदेहितालाई उपेक्षा गरेको बताउनुभएको हो ।

नेता निधीले लोकतन्त्रमा सरकारको वैधता र प्रभावकारिता संसदप्रतिको उत्तरदायित्वमा निर्भर रहने उल्लेख गर्नुभयो । शासन सञ्चालनका सन्दर्भमा सरकारले प्रदर्शन गरेको कार्यशैलीप्रति टिप्पणी गर्दै उहाँले बदलाको भावनाले राजनीति नगर्न चेतावनी दिनुभयो

सरकारले पूर्वाग्रह राखेर अभियोग लगाउने तर अदालतले सफाइ दिने क्रम बढेको बताउनु भयो । नेता निधीले संघीयता कार्यान्वयनको पक्षमा समेत सरकार गम्भीर नभएको बताउनु भयो । प्रदेश सरकार गठन भएको लामो समय भइसक्दा पनि प्रदेशले आफ्नै प्रहरी प्रशासन र कर्मचारी संयन्त्र नपाउनु दुःखद् भएको उहाँको भनाइ छ ।

नेता निधीले भन्नुभयो, ‘लोकतन्त्रमा सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ र त्यसको सबैभन्दा ठूलो माध्यम संसद हो । संसदलाई महत्त्व नदिनु र जवाफदेहिताबाट पन्छिनुले लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउँछ । अदालतले दोषी नदेख्ने तर सरकारले पक्राउ गरिरहने प्रवृत्तिले सरकारको काममा त्रुटी र कमजोरी रहेको पुष्टि गर्छ । बदलाको भावनाबाट सुशासन र विधिको शासन सञ्चालन हुन सक्दैन । प्रदेशको मातहतमा आफ्नै प्रहरी र कर्मचारी हुनुपर्नेमा वर्तमान सरकारले त्यसतर्फ ध्यान दिएको छैन । दुई तिहाइको बल छ भन्ने दलहरूले नै प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गर्दा संघीयता र प्रदेश संरचना कमजोर भइरहेको छ ।’

पार्टीको आन्तरिक मामिला र आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै निधीले पार्टी एकता र विधि विधानको पालनामा जोड दिनुभयो । कानूनी र प्राविधिक विषयहरूमा अदालतबाट हुने पुनरावलोकनले सकारात्मक परिणाम दिनेमा आफू विश्वस्त रहेको उहाँले बताउनु भयो ।

पार्टी एकताका लागि महाधिवेशनलाई उपयोग गर्नुपर्ने र कार्यकर्ताहरूलाई गाउँ तथा वडा तहसम्म पुगेर संगठन सुदृढीकरणमा लाग्न उहाँले निर्देशन दिनुभयो । –न्युज एजेन्सी नेपाल