१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला अस्पतालमा औषधि अभाव



अ+ अ-

बारा । जिल्ला अस्पताल कलैयामा औषधि अभाव भएको छ । औषधि अभावका कारण सेवाग्राही मारमा परेका छन् । औषधि अभावबारे अस्पताल व्यवस्थापन समिति बेखबर छ । अस्पतालमा चिकित्सकसहित ५९ जनाको दरबन्दी रहेकामा पाँच चिकित्सकसहित ११ कर्मचारी मात्र कार्यरत छन् ।

जनशक्ति नहुँदा अस्पतालको कामकाज प्रभावित भएको छ । सेवा नै बन्द गर्नुपर्ने अवस्था रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रेमचन्द्र चौरसियाले बताए । यसअघि दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेका थिए ।

“अहिले सेवाग्राहीको सङ्ख्या घटेको छ”, उनले भने । चिकित्सक नहुँदा सुत्केरी सबैभन्दा बढी प्रभावित छन् । उनीहरु निजी क्लिनिक तथा अन्य अस्पताल धाउन बाध्य छन् ।