१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ लाख रुपैयाँभन्दा बढीको भुक्तानी दिँदा चेक काट्न पर्ने अवस्थाको अन्त्य



अ+ अ-

काठमाडौं । २ लाख रुपैयाँभन्दा बढीको भुक्तानी दिँदा चेक काट्न पर्ने अवस्थाको अन्त्य भएको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार २८ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग (रियल टायम ग्रस पेमेन्ट सिस्टम) आरटीजीएस प्रणाली लागू गर्न सम्झौता गरेसँगै २ लाख रुपैयाँमाथिको भुक्तानी गर्दा चेक काट्नुपर्ने अवस्थाको अन्त्य भएको हो ।

राष्ट्र बैंकले मंगलबार २४ गतेभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले यही भदौ १९ गते आरटीजीएस नियमावली ल्याएको थियो । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले २ लाखभन्दा माथिको भुक्तानी आरटीजीएस प्रणालीबाट नै गरिनुपर्ने भए पनि तत्कालका लागि स्वेच्छिक गरिएको मिश्रले बताए ।

साथै उनले आरटीजीएस प्रणाली लागू भएपछि अन्तर बैंक भुक्तानी गर्दा चेक नचाहिने र खातावालाको बैंकको खाता नम्बरबाट नै भुक्तानीको आदेश दिएपछि तुरुन्तै भुक्तानी भइहाल्ने बताए।