१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिड आक्रमणमा परेकी मुस्कानलाई भेट्न मुख्यमन्त्री राउत अस्पताल पुगे



अ+ अ-

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेटेका छन् ।

खातुन र उनका आमाबुवालाई भेट्न मुख्यमन्त्री राउत कीर्तिपुर अस्पताल पुगेका थिए । उनले चिकित्सकहरुलाई भेटेर खातुनको अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका छन् ।

खातुनको उपचारको लागि प्रदेश सरकारले ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान चलाइरहेको भन्दै उनले खातुनको उपचारमा लाग्ने सबै खर्च प्रदेश सरकारले व्यहोर्ने बताएका छन् ।

कक्षा ९ मा अध्ययनरत खातुनमाथि शुक्रबार स्कुल जाँदा गर्दा दुई जनाको समूहले एसिड आक्रमण गरेको थियो । एसिसले उनको अनुहार, छाती र हातमा घाउ लागेको छ ।